अखिल(क्रान्तिकारी) रुकुमको २४ औं जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न , सुरेन्द्र बस्नेतको नेतृत्वमा नयाँ कार्यदल गठन

अखिल(क्रान्तिकारी) रुकुमको २४ औं जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न , सुरेन्द्र बस्नेतको नेतृत्वमा नयाँ कार्यदल गठन

  • सोमवार, भदौ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

जानकी दहित/काठमाण्डौ , २६ भदौ ।

संसदीय व्यवस्थाकाे खारेजका लागि एकीकृत जनक्रान्तिकाे अभियान! वैज्ञानिक शिक्षा र जुझारु संगठन निर्माणका लागि १४ अाैं जिल्ला सम्मेलन!! भन्ने मूल नाराका साथ अखिल (क्रान्तिकारी ) रुकुमको २४ अाैं जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ ।

सम्मेलनबाट सुरेन्द्र बस्नेतकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिएको छ । जसको उपाध्यक्षमा कृष्ण बुढाथोकी, सचिवमा प्रेमप्रसाद बाेहरा, सहसचिवमा हरि बिष्ट, काेषाध्यक्ष हरि पुन सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रुकुमको जिल्ला सम्मेलनको उद्घाटन सभा हुनु अघि विद्यार्थीहरुकाे र्यालीले मुसिकाेट खलंगाकाे बजार परिक्रमा थियो ।

सभालाई सम्बाेधन गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष पूर्ण सिंहले नेपालकाे शिक्षामा भइरहेकाे व्यापारीकरण, भ्रष्टीकरण, निजीकरण अन्त्यका लागि वैज्ञानिक समाजवाद स्थापना अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले संसदवादी व्यवस्थामा दलालतन्त्र भएकै कारण शैक्षिक माफियाहरुले शिक्षालाई व्यापारको रुपमा बिक्री गरिरहेकाे, विभिन्न कमिसनकाे नाममा नेपाली जनता र अभिभावकलाई शाेषण गरिरहेकाे, शिक्षा क्षेत्रमा विकृति विसंगति भित्र्याएर दिनानुदिन भयावह अवस्था हुँदै गएकाले नयाँ शिक्षा प्रणालीका लागि वैज्ञानिक समाजवाद निर्माण गर्न एकीकृत जनक्रान्तिकाे अभियानमा लाग्न विद्यार्थीहरुलाई अाह्वान गर्नुभयो।

कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सितलले सिंहदरबारको अधिकार गाउँगाउँमा होइन सिंहदरबारकाे दमन, शाेषण, भ्रष्टाचार गाउँगाउँमा पुगेको बताउनुभयो ।

देशमा अामूल परिवर्तनका लागि वैज्ञानिक समाजवाद निर्माणमा लागेका निर्दाेष नेकपाका रुकुम सेक्रेटरी चन्द्र बहादुर बुढालाई प्रशासनले झुठ्ठा मुद्दा लगाएकोप्रति अापत्ति व्यक्त गर्नुभयाे । देश र जनताकाे स्वाधिनताका लागि डटिरहेका मान्छे बन्दुक बन्दुकले तर्साएर नतर्सिने भन्दै उहाँले राज्यको दमनलाई प्रतिरोध गरेर पनि अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा नेकपाका वैकल्पिक केन्द्रीय सदस्य तथा रुकुम जिल्ला इन्चार्ज अटल, अखिल ( क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा राप्ती ब्यूरो संयाेजक नरेन्द्र विक लगायतले बाेल्नुभएकाे थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी