प्याक्टका गतिविधीलाई थप उर्जा प्रदान गर्न सोह्रौं सिमन सुरु

प्याक्टका गतिविधीलाई थप उर्जा प्रदान गर्न सोह्रौं सिमन सुरु

  • मङ्लबार, भदौ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाणडाै ।  व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) का गतिविधीलाई थप उर्जा प्रदान गर्न विश्व बैंकको सोह्रौं कार्यान्वयन सहयोग मिसन Implementation Support Mission सेप्टेम्बर ४ देखि सुरु भएको छ । मिसन सेप्टेम्बर १३ सम्म रहने आयोजनाले जनाएको छ ।

मिसनको नेतृत्व प्याक्टका लागि विश्व बैंकका टास्क टिम लिडर डा. प्याट्रिक भेरिसिमोले गर्नुभएको छ । भेरिसिमोको समूहमा विश्व खाद्य तथा कृषि संगठनका प्रतिनिधीसहित विश्व बैंकका विषयगत विज्ञहरु सहभागी हुनुहुन्छ । आयोजनाका तर्फबाट प्याक्टका आयोजना निर्देशक डा. गोविन्द प्रसाद शर्माको नेतृत्वमा अन्य अधिकारीहरुसहित विभिन्न विषयका विज्ञहरु सहभागी हनुहुन्छ ।
मिसनको सुरुमा आयोजना निर्देशकले मिसन टोलीलाई स्वागत गरेसँंगै छोटो छलफलपछि आयोजनाको अनुदानमा स्थापित नेपाल कृषि व्यवसाय नविनता केन्द्र Nepal Agribusiness Innovation Center- NABIC कार्यालयको भ्रमण गरी छलफल गरियो । त्यसपछि प्याक्ट आयोजना व्यवस्थापन कार्यालयमा छलफल जारी राखियो । मिसन अवधीमा सेप्टेम्बर ५ र ६ मा रुपन्देही र कपिलवस्तुका उपआयोजनाहरुको स्थलगत भ्रमण गरी लाभग्राहीहरुसँंग छलफल गर्ने कार्यक्रम छ । ७ देखि १२ सेप्टेम्बरसम्म विभिन्न विषयमा समानान्तर सत्र आयोजना गरी छलफल गर्नुका साथै नेपाल सरकारका कृषि विभाग, पशुसेवा विभाग, खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग,राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयलगायतसँंग भेटवार्ता गर्ने कार्यक्रम छ । यही क्रममा सेप्टेम्बर ९ मा एक दिने कार्यशाला आयोजना गरी प्याक्टको वर्तमान अवस्था तथा प्राप्त सफलताबारे वार्षिक समीक्षा गर्ने कार्यक्रम छ । १२ सेप्टेम्बरमा कृषि विकास मन्त्रालयमा भेटवार्ता आयोजना गर्ने कार्यक्रम रहेको मिसन कार्यतालिकामा उल्लेख छ ।


प्याक्ट विश्व बैंकको आर्थिक सहयोगमा नेपाल सरकार, कृषि विकास मन्त्रालयले कार्यान्वयनमा ल्याएको आयोजना हो । यसले कृषि उद्यमी तथा कृषि व्यवसायीहरुको प्रतिपष्र्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
क्याप्सन ः आयोजना निर्देशक डा. शर्मा (टोपी लगाएका) र टास्क टिम लिडर डा. भेरिसिमो (दायाँपट्टि) लगायत विज्ञहरु लाजिम्पाटस्थित नेबिक कार्यालयमा अन्तरक्रिया गर्दै ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी