बाढी पहिरोले रु दश करोडको भौतिक संरचना एवं कृषि उब्जनीको क्षति

बाढी पहिरोले रु दश करोडको भौतिक संरचना एवं कृषि उब्जनीको क्षति

  • शनिबार, भदौ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

 

नुवाकोट, १७ भदौ । चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा बाढी पहिरोबाट नुवाकोटमा रु दश करोड भन्दा बढीको भौतिक संरचना एवं कृषि उब्जनीको क्षति भएको छ ।

जिल्लास्थित सम्बन्धित विषयगत कार्यालयले तयार गरेको क्षतिको प्रारम्भिक तथ्यको आधारमा तयार गरिएको एकिकृत प्रतिवेदनअनुसार कृषि उब्जनी एवं जोखिमको बस्तीको सुरक्षा, पशु, खानेपानी, सिँचाइ, झोलुंगे पुल, पानीघट्टलगायतमा पुगेको क्षतिको पुनःनिर्माणमा रु दश करोड लाग्ने देखिएको हो ।

जिल्ला दैवीप्रकोप उद्धार समितिले तयार गरेको तथ्यांकमा नुवाकोटमा यो आर्थिक वर्ष (साउन १–भदौ १५ सम्म)को डेढ महिनाको अवधिमा ३९२ घरधुरी किसानको ४७ हेक्टर जमिनमा लगाएको अन्नबाली पूर्णरुपमा क्षति पुगेको समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिनुभयो ।

बाढी पहिरोबाट जिल्लाको विभिन्न ठाउँमा किसानले लगाएको अन्नबाली पहिरोले बगाएको तथा पुरिएर नोक्सान हुँदा रु ६८ लाख ९० हजारको क्षति भएको छ । प्रजिअ बरालकाअनुसार पशुतर्फ तीन घरधुरी किसानको तीन गोठमा क्षति पुगेको, खानेपानीतर्फ १८ वटा योजना क्षतिग्रस्त हुँदा रु ७२ लाख ७५ हजार क्षति पुगेको छ ।

बाढी पहिरोले ओखरबौबा मावि र भेडाबारी मावि भदु्रटार उच्च जोखिममा पुगेको, विभिन्न स्थानमा रहेका तीन घरधुरी परिवारलाई तत्कालै अन्यत्र सार्नुपर्ने र बागेश्वरीको कटुञ्जेका ४२ धरधुरी परिवारलाई सुरक्षित स्थानमा आवास निर्माणको व्यवस्था गर्नुपर्ने, बेत्रावतीको झोलंगे पुलमा क्षति पुगेको र बस्तीसमेत जोखिममा परेको र तीन स्थानमा सञ्चालित निजी पानीघट्ट बगाएको छ ।

जिल्लाको विभिन्न स्थानमा रहेका ग्रामीण सडकमा क्षति पुगेकाले त्यसको पुनःनिर्माण एवं मर्मतका लागि रु ३८ लाख खर्च हुने, बाढी पहिरोबाट क्षतिग्रस्त बनेका १५ वटा सिँचाइ कुलोकोे मर्मतका लागि रु ५३ लाख २२ हजार खर्च हुने विषयगत कार्यालयसँगको समन्वयमा तयार गरिएको प्रतिवेदनमा उल्लेख छ ।

“विपत्ले पु¥याएको क्षतिको विषयगत कार्यालयलाई पुनःनिर्माण एवं सुरक्षित स्थानको सुनिश्चित गर्न निर्देशन दिएको छु ।” प्रजिअ बरालले भन्नुभयो, “जिल्लास्थित कार्यालयमा बजेटको अभाव र नीति तथा कार्यक्रम नहुँदा केन्द्रसँग समन्वय गर्नुपर्ने समेत देखिएको छ ।”

बाढीले पुगेको क्षतिको लगत संकलनसहित तयार गरेको प्रतिवेदनको विश्लेषण गरी जोखिमको बस्तीलाई स्थान्तरण, कटानमा परेका जमिन सुरक्षित, पीडित भएका किसानलाई राहत उपलब्ध गराउन पहल गर्ने समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी