अखिल क्रान्तिकारीको अध्यक्षमा रन्जित तामाङ

अखिल क्रान्तिकारीको अध्यक्षमा रन्जित तामाङ

  • शनिबार, भदौ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

काठमाडौ १७ भदौ ।
माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा रन्जित तामाङ विजयी हुनु भएको छ । २१ औं राष्ट्रिय सम्मेलन अन्तरगत बिहिबार भएको निर्वाचनमा प्रतिद्धन्द्धी अनिल शर्मालाई पराजित गर्दै तामाङ विजयी हुनु भएको हो ।

निर्वाचनको औपचारिक घोषणा भने हुन बाँकी छ । संगठनको अधिकांश पदमा पनि तामाङ प्यानलका नै विजयी भएका छन् । उपाध्यक्षमा खुला तर्फ सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, विजयी गौतम र दिपक देवकोटा विजयी भएका छन् ।

यसैगरी महिला खुला उपाध्यक्षमा पन्चासिंह निर्वाचित हुनु भएको छ । यसैगरी जनजाति तर्फ उपाध्यक्षमा दिपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव विजयी भएको छ । महासचिवमा खिमबहादुर सिंहलाई पराजित गर्दै उत्तम अधिकारी विजयी हुनु भएको छ ।

यसैगरी उपमहासचिवमा जीपी मैनाली र तुकमान महरा तथा महिला उपसचिवमा आशा तमु चुनिनु भएको छ । संगठनको कोषाध्यक्षमा केशव रावल र खुला सचिवमा डिबी साउद र नरेश रेग्मी तथा महिला सचिवमा गंगा दाहाल विजयी भएका छन् ।

नेतृत्व चयनसँगै गत भदौ ७ गतेदेखि सुरु भएको अखिल क्रान्तिकारीको सम्मेलन सकिएको छ । सहमतीय प्रक्रियाबाट नेतृत्व चयन गर्न नसिकएपछि पहिलो पटक निर्वाचन मार्फत संगठनको नेतृत्व चयन गरेको हो । सम्मेलनको निर्णय आजै पत्रकार सम्मेलन मार्फत जानकारी गराइने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी