घुम्न जाने हैन खप्तड ( भिडियो सहित)

घुम्न जाने हैन खप्तड ( भिडियो सहित)

  • शुक्रबार, भदौ १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

पढेका भन्दा सुनेका र सुनेका भन्दा देखेका कुरा धेरै समयसम्म सम्झनामा रहन्छ । अझ आफ्नै रुचिअनुसार कुनै मनमोहक दृश्यमा सयर गर्नुले मनोरञ्जनसँगै पछिसम्मलाई ज्ञान दिन्छ ।  खप्तडको प्रमुख गन्तव्य खप्तड राष्ट्रिय निकुञ्ज हो । निकुञ्ज पश्चिम नेपालको चार पहाडी जिल्ला बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलमा रहेको छ । यसको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर रहेको छ । समुद्र सतहबाट २४ सयदेखि ३७ सय मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बिचमा उभिएको छ १२ हजार फिट अग्लो खप्तड लेक । सँगै छन् २२ वटा आकर्षक फाँट ।

अरु समय हरियाली देखिने खप्तडमा पुस महिनापछि भने हिउँले ढाकेको हुन्छ । खप्तडका ठूला फाँटहरुमा फुल्ने विरङ्गी फूलहरु त्यहाँको विशेषता हो । खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ । काठमाडौंबाट कैलालीको धनगढीसम्म ६ सय ५० किलोमिटर बसमार्फत वा काठमाडौंबाट सिधै धनगढीसम्म हवाईजहाजमार्फत गएर धनगढीदेखि डोटीको सिलगढीसम्म बसमा त्यसपछि पैदल गएर खप्तड पुग्न सकिन्छ । जिप चल्ने समयमा भने रिजर्भ गरेर लान सकिन्छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी