सिंहदरबारको अधिकार स्थानीय तहमा हस्तान्तरण हुने क्रममा : गच्छदार

सिंहदरबारको अधिकार स्थानीय तहमा हस्तान्तरण हुने क्रममा : गच्छदार

  • बिहिबार, भदौ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

इटहरी, १५ भदौ ।

उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले सिंहदरबारको अधिकार स्थानीय तहमा हस्तान्तरण हुने क्रममा रहेकाले यसको कार्यान्वयनमा प्राविधिकहरुको पनि महत्वपूर्ण भूमिका रहने धारणा राख्नुभएको छ ।

नेपाल इन्जिनियर्स एशोसियशन डिनको ईटहरीमा आजबाट सुरु दुई दिने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले त्यसका लागि डिनले ठोस् योजनासहित नयाँ प्रविधियुक्त नीति समेत ल्याउन आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री गच्छदारले भन्नुभयो “ नयाँ नेपाल निर्माण गर्ने क्रममा संविधानले नै स्थानीय तहमा प्रविधि र प्राविधिकसमेत परिकल्पना गरी सबै प्रकारका अधिकार उपलब्ध गराइ गाउँ तहबाट नै देश निर्माणको काम थालनी गरिनेछ ।

त्यसका लागी सबै राजनीतिक दलहरुले समेत राजनीतिक स्वार्थ त्यागी राष्ट्र निर्माणमा एक ढिक्का भएर जुट्नु पर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा बंगलादेश डिनका सहअध्यक्ष एकेएमए हमिदले आफ्नो देशका प्रधानमन्त्री र सरकारले प्रविधिलाई उच्च प्राथामिकता दिएकै कारणले देशको समग्र विकासले उच्च प्राथमिकता प्राप्त गरेको चर्चा गर्दै अब नेपालमा पनि त्यस प्रकारको नीति आउन जरुरी रहेको बताउनुभयो ।

भारत डिनका महासचिव मनमोहन राजवंशीले देश प्रविधियुक्त र प्राविधिक उत्पादनका लागि नयाँ नीतिसहित अघि बढ्ने कार्यमा राज्यले नै विशेष ध्यान नदिएसम्म देशको समग्र विकास अधूरो रहने तर्फ सबै सचेत बन्न आग्रह गर्नुभयो ।

सो अवसरमा नेपाल डिनका पूर्व अध्यक्ष डा राजेन्द्रप्रसाद अधिकारीले संघीय संरचनामा भौतिक पूर्वाधारको विकास, सम्भावना र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो भने महासचिव विन्दिया कार्कीले डिनले गरेको क्रियाकलापबारेमा प्रकाश पार्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी