बालबालिकाको प्रयोग हुन नदिनेसम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर

बालबालिकाको प्रयोग हुन नदिनेसम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर

  • सोमवार, भदौ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

 

काठमाडौँ, १२ भदौ । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन निजी विद्यालयका छाता संगठन तथा शिक्षा मन्त्रालय र शिक्षा विभागका प्रतिनिधिले निर्वाचनसम्बन्धी गतिविधिमा कलिला बालबालिकाको प्रयोग हुन नदिनेसम्बन्धी प्रतिबद्धता पत्रमा आज हस्ताक्षर गरेका छन् ।

स्थानीय तहको प्रदेश नं २ मा आगामी असोज २ गते तथा प्रतिनिधिसभा र प्रदेशसभाको मङ्सिरमा हुने निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिने सम्बन्धमा निर्वाचन आयोगले सरोकारवालासँग आज गरेको छलफलपछि उक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको हो ।

प्रतिबद्धतापत्रमा भनिएको छ– ‘मुलुकमा हुन गइरहेको तेस्रो चरणको स्थानीय तह एवं प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७४ मा कलिला बालबालिकालाई कुनै पनि निर्वाचनको गतिविधिमा प्रयोग नगर्न÷नगराउन सबै राजनीतिक दलसँग हार्दिक अपिल गर्दछौँ ।’

स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन लोकतन्त्रको आधारशिला भएको हुँदा निर्वाचनले लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्ने, शासनको सबलीकरण गर्दै सुशासनमा टेवा पु¥याउने विश्वव्यापी मान्यतालाई आत्मसात् गर्नुपर्ने जनाउँदै उहाँहरुले सो प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

प्रतिबद्धता पत्रमा भनिएको छ–‘हामी कुनै हालतमा हाम्रा कलिला बालबालिकालाई कुनै पनि राजनीतिक गतिविधिमा प्रयोग गर्न दिने छैनौँ भनी यो प्रतिबद्धता जाहेर गर्दछौँ । साथै हामीहरूले निर्वाचन आयोगले जारी गरेका निर्वाचन आचारसंहिताको अक्षरशः पालना गर्ने पूर्ण प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको गतिविधिको सन्दर्भमा कलिला बालबालिकाको प्रयोग र आचारसंहिता पालनामा देखिएको कमजोरी सुधार्न सबै राजनीतिक दलहरुलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “विद्यालयका प्राचार्य, शिक्षक र शिक्षिकाले बालबालिकालाई आमसभा र जुलुसलगायतका राजनीतिक गतिविधि जादैनौँ, जानुहुन्न भन्ने सन्देश देशभर फैलाउन आवश्यक रहेको छ । आगामी दिनमा विद्यालयका हाताभित्र कुनै राजनीतिक गतिविधि नगर्न÷नगराउन पनि राजनीतिक दललाई सुझाव दिनुभयो ।

स्थानीय तहको निर्वाचनको प्रचार प्रसारका क्रममा विभिन्न दल तथा उम्मेदवारले कलिला बालिबालिका प्रयोग गरेको जानकारी प्राप्त भएपछि त्यस्ता गतिविधि रोक्नका लागि आवश्यक निर्देशन दिएको स्मरण गराउँदै उहाँले कलिला बालबालिकालाई यस्ता गतिविधिमा समावेश हुनबाट जोगाउन राजनीतिक दलका साथसाथै शिक्षा मन्त्रालय, शिक्षक सङ्घ संगठन, अभिभावक सङ्घ, निजी विद्यालयसँग सम्बद्ध संगठन तथा बाल कल्याण समितिलगायत सबैको महत्वपूर्ण दायित्व रहने बताउनुभयो ।

आयुक्त इला शर्माले राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग गैरकानुनी भएकाले त्यस्ता कार्यमा बालबालिकाको प्रयोग नगर्न सुझाव दिनुभयो ।

अर्का आयुक्त ईश्वरीप्रसाद पौड्यालले स्थानीय तहको निर्वाचनको निर्वाचनको अनुगमनका क्रममा ¥याली र जुलुसमा बालबालिकाको प्रयोग भएको पाइएकाले आगामी दिनमा यस्ता कार्यलाई सच्याउन आवश्यक छ भन्नुभयो ।

छलफलमा सहभागीहरुले निर्वाचनमा बालबालिका प्रयोग गर्नु अनुचित रहेको धारणा राख्दै यो अभियानलाई मूलतः राजनीतिक दलबाटै सहयोग पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।

उहाँहरुले बालअधिकारको सम्मान गर्न, विद्यालयलाई शान्ति क्षेत्र बनाइराख्ने प्रतिबद्धता पूरा गर्न र बालशोषणविरुद्धको अभियानमा आफूले पूर्णरुपमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम, अभिभावक सङ्घ नेपालका केशव पुरी, एन प्याब्सन कर्णबहादुर शाही र संगीता सिलवाल, हिसान नेपालका नवराज पाण्डे, केन्द्रीय बालकल्याण समितिका तारक धिताल, राष्ट्रिय मानव अधिकार आयोगका यज्ञप्रसाद अधिकारी र प्याब्सनका दीपिका रिमाल थापा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी