सुशान्त न्यौपाने/काठमाडौं । नविन नगर उपभोत्ता समितिको मनमैजुमा बसेको भेलाले नयाँ नेतृत्व चयन गरेको छ । भेला तारकेश्वर ९ का वडा अध्यक्ष बलराम सिटौलाको प्रमुख अतिथिथ्यमा सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालन रविलाल भुषालले गरेका थिए । भेलाले रामशरण न्यौपानेको नेतृत्वमा १३ सदस्य कार्यसमिति गठन गरेको छ । भने १ सदस्य संरक्षक र १४ सदस्य नै सल्लाहकार समिति निर्वाचित गरेको छ ।
भेलामा शुभकामना मन्तव्य दिँदै वडा अध्यक्ष बलराम सिटौलाले नविन नगर टोल सुधारको लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । यस टोललाई नमुना वस्तीको रूपमा विकास गर्न आफु लागिरहेको कुरा बताए । कार्यक्रममा टेल सुधार समितिका पूर्व अध्यक्ष तारापति ढकालले आफु जिवनभर विकासका लागि लागि पर्ने बताए ।
उनले संरक्षकको भूमिका मात्र नभई सबैको अभिभावक बनेर विकास निर्माणमा सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रामशरण न्यौपानेले नविन नगर टोल तारकेश्वरको नमुना वस्तीको रुपमा विकास गर्न निरन्तर लागि पर्ने बताए ।
विकासका लागि सबै टोलबासिको सहयोग हुनुपर्ने बताएका थिए । उनले टोल विकासका लागि आफ्नो प्रतिवद्धता व्यक्त गरेका थिए ।
नव निर्वाचित कार्यसमिति ः
अध्यक्ष : रामशरण न्यौपाने
उपाध्यक्ष : हरिदत्त तिम्लिसेना
सचिव : चेतनारायण न्यौपाने
सहसचिव : रामजी आचार्य
कोषाध्यक्ष : कमला शाही
सह–कोषाध्यक्ष : गिता शर्मा
सदस्यहरू :
– रामप्रसाद गौतम
– खिमानन्द न्यौपाने
– रामशरण अर्याल
– अम्बिका शाह
– अर्जुन श्रेष्ठ
– भगवती आचार्य
१ जना पछि थप्ने गर १३ सदस्य कार्यसमिति गठन गरेको छ ।
संरक्षकमा ः तारापति ढकाल
सल्लाहकार टिम :
प्रमुख सल्लाहकार ः वडाध्यक्ष, बलराम सिटौला
सल्लाहकार ः रविलाल भुषाल
राजेन्द्र मिश्र
शिवशंकर अधिकारी
विष्णुप्रसाद पौडेल
रामशरण श्रेष्ठ
खिलाप्रसाद दवाडी
माधवप्रसाद कुईँकेल
रामप्रसाद अधिकारी
कृष्णप्रसाद देवकोटा
शिवहरि लामिछाने
बासुदेव भटट्
सुमन अधिकारी
बसन्तकुमार श्रेष्ठ



