७ भदौ,काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीी २१ अौं राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
पार्टी अध्यक्ष प्रचण्डले बुधबार काठमाडौंमा सम्मेलनको उद्घाटन गर्दै मओवादीको जित हुनेगरी काम गर्न विद्यार्थी नेताहरुलाई सुझाव दिए । उद्घाटन समारोहमा बोल्दै प्रचण्डले अाफुलाई कमजोर बनाउन खोज्नेहरुलाई असफल पार्ने बताए ।
अाफ्ना केही कमजोरी भएको बताउँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरु अाफूलाई कमजोर बनाउन लागेपनि सफल नहुने दाबी गरे । ‘मैले शुरुदेखि नै बन्न खोजेको प्रचण्ड हो, बिचमा प्रचण्डबाट च्युत गराउन पनि प्रतिक्रियावादीहरुले खोजे । त्यतिबेला मेरा आफ्नै कमजोरीले पनि केही काम गरे’ प्रचण्डले भने । अबको एक डेढ बर्षभित्र विद्यार्थीसँग अर्को मोर्चामा भेट हुने बताए ।
सम्मेलनले निर्वाचनको प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline