काठमाडौँ, ३१ साउन ।
अस्थायी शिक्षक संघर्ष समितिले आगामी भदौ ३ गते हुने शिक्षा सेवा आयोगको परीक्षामा भाग नलिने निर्णय गरेको छ ।
समितिका उपाध्यक्ष जयनारायण ढकालले आफ्ना माग पूरा नभएसम्म्म परिक्षामा सहभागी नहुने बताउनु भयो ।
परीक्षा नसारिए फाराम भरेका आफ्ना सदस्यले भाग नलिने र परीक्षा केन्द्रमा तालाबन्दी गराउने केन्द्रीय आन्दोलन समितिले निर्णय गरेको उहाँले बताउनु भयो ।
गत असार ९ गतेको सहमतिअनुसार शिक्षा ऐन संशोधन गरी परीक्षाको नयाँ मिति तोक्न माग गरी समिति आन्दोलित छ ।
समितिका तर्फबाट यही साउन १८ गतेदेखि भद्रकालीमा अनशनरत दुई शिक्षकको स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पताल भर्ना गरिएको छ ।
सहमतिमा परीक्षामा सबै अस्थायीले भाग लिन पाउने र असफल भएमा उचित क्षतिपूर्र्ित दिने उल्लेख छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline