नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापनाको वार्षिकोत्सवमा पुस्तक सार्वजनिक

नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापनाको वार्षिकोत्सवमा पुस्तक सार्वजनिक

  • सोमवार, साउन ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं।

नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६२औं वार्षिकोत्सवको उपलक्ष्यमा पत्रकार रमेश हतुवालीको पुस्तक सार्वजनिक भएको छ ।   “Durga Bahadur Shrestha in Promotion of Commerce between Nepal and China  ”  नामक सो पुस्तक सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले शनिवार सार्वजनिक गरेका हुन् । दरवारमार्गस्थित होटल अन्नपूर्णमा एक समारोहबीच पुस्तक तथा सोही पुस्तकसँग सम्बन्धित डकुमेन्ट्री सार्वजनिक गर्दै मन्त्री बस्नेतले साधारण परिवारमा जन्मिएर पनि देशकै अर्थव्यवस्थालाई उकास्ने कार्य गरेको बताए । युवा व्यवासायी दुर्गा बहादुर श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गर्नुहुँदै मन्त्री बस्नेतले सार्वजनिक भएको पुस्तक र डकुमेन्ट्रीमा नेपाल र चीनबीचको ऐतिहासिक कालदेखि वर्तमान समय सम्मको राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक सम्वन्ध झल्किएको प्रष्ट पारे ।

२०७२ साल बैशाखको महाभूकम्प पश्चात बन्द रहेको तातोपानी नाका खुलाउन सक्दो प्रयास भैरहेको भन्दै मन्त्री बस्नेतले एक्जीम बैंक अफ चाईनाले धुलीखेलबाट खाडीचौर सम्म चार लेनको र खाडचौरदेखि तातोपानी सम्म दुई लेनको सडक निर्माण गर्न २४ अर्ब लगानी गर्ने भएको र सो को फायल अर्थ मन्त्रालयमा पुगेको जानकारी दिए । पाँचखाललाई अर्थ व्यवासायको केन्द्रको रुपमा विकास गर्न प्रयास भैरहेको ।समेत उनको भनाई थियो ।

सो समारोहमा बोल्दै वरिष्ठ लेखक एवम् परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले प्राचिन कालदेखि नै प्रगाढ सामाजिक, साँस्कृतिक तथा व्यापारीक सम्बन्ध रहेको नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्न नेपाल हिमालय सीमापार वाणिज्य संघको संस्थापक अध्यक्षको हैसियले दुर्गा बहादुर श्रेष्ठको योगादान महत्वपूर्ण भएको बताए ।

चीनसँगको बढ्दो व्यापार घाट ा कम गर्न नेपालले निकासी योग्य वस्तुहरुको उत्पादनमा जोडदिनु पर्ने सुझाव दिँदै परराष्ट्रविद् श्रेष्ठले सन् २०२० मा चीनबाट नेपालसम्म रेल आईपुग्दा उताबाट भारी सामान आउने र यताबाट खाली पठाउन नुहुने भन्दै समयमै तयारी थाल्न सरकारलाई आग्रह गरे । विकासको धरातलमा हेर्दा नेपाल र चीनबीच उज्वल भविष्य भएपनि चीनसँग सीमाना जोडिएका जिल्ला र गाउँपालीकाले एक एक वटा सामान निर्यात गर्न समयमै ध्यान दिनुपर्ने श्रेष्ठको सुझाव थियो ।

 

कार्यक्रममा बोल्दै सांसद रामहरि खतिवडाले देश विकास र आर्थिक समृद्धिको लागि राजनीतिक पार्टीको धरातलबाट माथि उठेर काम गर्नुपर्ने बताए । साथै सांसद खतिवडाले नेपाल चीन वाणिज्य प्रवद्र्धनको क्षेत्रमा दुर्गा बहादुर श्रेष्ठको योगदानलाई उच्च भन्दै प्रसंसा गरे ।

समारोहमा शुभकामना मन्तब्य व्यक्त गर्दै सांसद लार्केल लामाले तातोपानी क्षेत्रलाई व्यापारीक क्षेत्रको रुपमा मात्र नभएर आकर्षक पर्यटकीय गन्तब्यको रुपमा समेत विस्तार गर्नु आवश्यक रहेको बताउँदै दुर्गा बहादुर श्रेष्ठ लगायतका व्यवसायीहरुको ध्यान त्यस तर्फ जानु पर्ने बताए ।

विमोचित पुस्तकका प्रधान सम्पादक तथा सोही पुस्तकसँग सम्वन्धित डकुमेन्ट्रीका निर्देशक रमेश हुतुवालीले पुस्तक तथा डकुमेन्ट्रीमा नेपाल र चीनबीच शताब्दियौंदेखि प्रगाढ रहँदै आएको धार्मिक, साँस्कृतिक, व्यापारिक, सामाजिक तथा राजनीतिक सम्बन्धका महत्वपूर्ण पक्षहरु समेटिएको जानकारी दिए ।

द्रुत आर्थिक विकास मार्फत विश्वको नयाँ आर्थिक शक्तिको रुपमा उदाएको चीनको विकास छिमेकी मुलुकहरुको लागि समेत सहायक हुने बताउँदै प्रधान सम्पादक रमेश हतुवालीले चीनका राष्ट्राध्यक्ष सि चिनफिङद्वारा प्रतिपादित वान वेल्ट वान रोड जस्तो गहन कार्यक्रमले नेपालको लागि विकासको उत्तरी ढोका खोलिदिएको समेत बताए । नेपाल चीन दौत्य सम्बन्ध स्थानाको ६२औं वार्षिकोत्वको अवसरमा शुभकामना व्यक्त गर्दै हुतवालीले लोकापर्ण भएको पुस्तक र डकुमेन्ट्री नेपाल र चीनवीच प्राचिन कालदेखि कायम मैत्री तथा नेपाल चीनवीचको व्यापारीक सम्वन्धका विविध विषयमा जानकारी राख्न ईच्छुक जो कोहिका लागि सहयोगी सिद्ध हुने पनि बताए ।

कार्यक्रममा बोल्दै नेपाल चीन बाणिज्य मैत्री संघका महासचिव सुदीप रेग्मीले विमोचित पुस्तकको अध्ययनबाट नयाँ पुस्ताका व्यापारी व्यवसायी एवम् नेपाल चीन मैत्रीका विषयमा अध्ययन गर्न चाहने जो कोहीको लागि पुस्तक सहयोगी हुने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी