अरुको घरमा गुलाम
कुनै पनि पुरुषको लागि अरुको घरमा बस्न पर्नु वा अझ गुलामी गर्न पर्नु सबैभन्दा दुखको कुरा हो । यस्ता पुरुषलाई पनि चाणक्यले अभागी भनेका छन् । यस्ता ब्यक्तिलाई कुनै पनि काम गर्दा अर्कैको आदेश पर्खिनु पर्छ । गुलाम बनेर वा अर्काको घरमा बस्ने पुरुषको स्वतन्त्रता भन्ने चिज नै हुँदैन ।
पत्नीको मृत्यु
भएका यसको अर्थ हो कुनै पनि पुरुषकी पत्नीको मृत्यु भयो वा अर्कैसँग गइ भने यो दुर्भाग्यको कुरा हो । यदि यौवनावस्थामा नै जीवन साथीको साथ छुट्छ भने यस्ता पुरुषले त पुनः विवाह गर्न सक्लान तर अलिक उमेर गएपछि यस्तो हुनु सबैभन्दा दुखःद हुन्छ । लोग्ने मानिसको जीवनमा वृद्धावस्थामा पत्निको साथ सबैभन्दा बढि महत्वपूर्ण मानिएको छ । बुढेसकालमा एक्लो हुनु निराशा र दिक्दारीको कारण बन्छ । यसैले यस्ता पुरुषलाई अभागी भनिएको छ ।
शत्रुको हातमा परेको धन
चाणक्य भन्छन् कुनै पनि पुरुषको धनमाल शत्रु वा खराव भाइको हातमा परेको छ भने त्यस्तो ब्यक्ति अभागी हो । आफूले कमाएको धन अरुको हातमा पर्नु दुर्भाग्यको कुरा हो । आफूले कमाएको धन अरुको हातमा पर्नु आफैमा दुःखद त हो नै त्यो धन आफै विरुद्ध समेत प्रयोग हुन सक्छ ।