बेरोजगार युवालाई रोजगारको अवसर दिने

बेरोजगार युवालाई रोजगारको अवसर दिने

  • शुक्रबार, साउन २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ, २७ साउन ।

श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले सरकारले स्वदेशमा नै युवालाई रोजगारको अवसर दिने योजना बनाइरहेको जानकारी दिनुभएको छ ।

बेरोजगार युवालाई रोजगारको अवसर दिलाउने उद्देश्यले आजबाट सुरु ‘जव एण्ड करिअर फेयर’मा बोल्दै उहाँले स्वदेशमा नै युवालाई रोजगार दिनुपर्नेमा जोड दिनुभयो ।उहाँले मेलाले शिक्षित युवालाई रोजगार दिनका लागि मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

पढेर पनि धेरै नेपाली युवा रोजगारीकबो अभावमा खाडि मुलुक जानुपर्ने अवस्था आएको भन्दै उहाँले पढेका तर बेरोजगारलाई उनीहरुको सिप र दक्षता अनुसारको रोजगारी उपलब्ध गराउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा आसाम डाउन विश्वविद्यालयका कुलपति डा नरेन्द्र नाथ र सामुदायिक क्याम्पस संघका अध्यक्ष भोला ओझाले बेरोजगार युवालाई एकै छानामुनि रोजगारको अवसर दिन मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

भोली शनिबारसम्म चल्ने मेलामा रोजगारदाता र बेरोजगार युवाबीच सिधैँ सम्पर्क गराई जागिरको अवसर दिलाउन मेला आयोजना गरिएको कार्यक्रम संयोजक शङ्कर भट्टराईले जानकारी दिनुभयो ।

मेलामा नेपालका १८ र भारतका दुई कम्पनीले सिधँै रोजगारको अवसर दिनेछन् । मेलाबाट ती कम्पनीले आफूलाई आवश्यक जनशक्ति छनोट गर्नेछन् ।

भट्टराईका अनुसार नेपालका सिप्रदी, क्लासिटेक, विरला टायर, सुविसु, डिसहोमलगायत र भारतका रिलायन्स, जिओ मोबाइल कम्पनी र रिलायन्स होटल सहभागी हुनेछन् ।

मेलामा युवाले आफ्नो व्यक्तिगत विवरण ती कम्पनीलाई बुझाउने छन् र ती कम्पनीले मेलाबाटै अन्तर्वार्ता लिएर योग्य कर्मचारी छान्ने छन् । मेलामा युवा विद्यार्थीलाई व्यक्तिगत विवरण बनाउन पनि सिकाइने छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी