कुवेतमा कसरी बेचिन्छन् नेपाली घरेलु कामदार ? हेर्नुस् कहालिलाग्दो यथार्य कथा

कुवेतमा कसरी बेचिन्छन् नेपाली घरेलु कामदार ? हेर्नुस् कहालिलाग्दो यथार्य कथा

  • बुधबार, साउन २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

काठमाण्डौ , २६ साउन ।

घरेलु कामदारका रुपमा महिलाहरुलाई कुवेत लैजान प्रतिबन्ध लगाएको भएपनि अबैध मार्गबाट कुवेत पुगेका महिलाहरुले आफूहरु बेचिएको खुलासा गरेका छन् । व्यवस्थापिका संसदको अन्तराष्ट्रिय तथा श्रम सम्बन्ध समितिका तत्कालीन सभापति प्रभु साहको नेतृत्वको प्रतिनिधिमण्डलले गरेको स्थलगत अध्ययनबाट त्यस्तो तथ्य पत्ता लागेको हो । मार्च २०१७ मा गरेको खाडी मुलुकको स्थगलत अध्ययन अनुगमन उपसमितिले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा त्यस्तो तथ्य भेटिएको हो ।

सो समितिले कुवेत सरकारले सञ्चालन गरेको महिला घरेलु कामदार राख्ने सेल्टरको स्थलगत अध्ययन गरेको थियो । सेल्टरमा रहेका २५ जना महिलासँग छलफल गर्दा ६० प्रतिशत त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट भिजिट भिसा वा सेटिङमा वेरोकटोक कुवेत आएको बताएको र बाँकी ४० प्रतिशतले भारतको नयाँ दिल्ली,श्रीलंकाको कोलम्बो र कतिपय अफ्रिकी मुलुक हुँदै कुवेत आएको बताएको प्रतिवेदनमा उल्लेख छ ।

अधिकाँश महिला घरेलु कामदारहरु रोजगारदाताको शारिरीक,मानसिक र यौनजन्य हिंसा सहन नसकी भागेर राजदूतावासको शरणमा पुगेको,अधिकाँश महिलाहरु अशिक्षित वा अर्धशिक्षित रहेको,अधिकाँश महिला आफनो गाउँकै आफन्त वा चिने जानेका व्यक्तिहरुले वैदेशिक रोजगारीमा जाँदा राम्रो कमाइ हुने आश्वसनमा उनीहरुकै सहयोगमा बिभिन्न एजेन्ट मार्फत कुवेत पुग्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

कतिपय महिलाहरुले कुवेतमा रहेका नेपाली दलालहरुले आफूलाई कुवेती नागरिकलाई बेचेको थाहा हुन आएको बताएका छन् । अधिकाँश महिलाहरुलाई कुवेतमा रहेका नेपाली दलाल र काठमाडौ तथा घरबाट आफूलाई पठाउने कुवेतबाट नेपाली दलालको बारेमा जानकारी रहेको समितिलाई बताएका छन् । अधिकाँश महिलाहरुले रोजगारदातासँग तलव माग्दा ठूलो खर्च गरेर किनेर ल्याएको भनी जानकारी गराएको र तलव दिन नसक्ने भन्ने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

कुवेतको नियम अनुसार दूतावासको शरणमा पुगेका घरेलु कामदारले कम्तिमा तीन महिना कुवेत सरकारले सञ्चालन गरेको सेल्टरमा नबसी स्वदेश फर्कन पाउँदैनन । सो सेल्टरमा सधै भरी महिलाहरु रहने गरेका छन् ।

घरेलु कामदार लैजान प्रतिबन्ध लगाइएको कुवेत लगायतका खाडीका मुलुकहरुमा अबैध रुपमा घरेलु कामदार पुग्ने गरेका छन् । नेपालका म्यानपावर कम्पनीले पैसा कमाउने नाममा जस्तोसुकै कम्पनी र जतिसुकै तलवमा पनि मानिस पठाइरहेका पाइएको छ । कामदारहरु पनि बुझदै नबुझी जस्तो पायो त्यस्तै काममा विदेश आउने गरेका छन् ।

नेपाल भारत सीमा व्यवस्थित नगरेसम्म अवैध मानव तस्करी नियन्त्रण गर्न नसकिने,नेपालमा दक्षता अभिबृद्धि तालिम दिएर कामदारलाई दक्ष बनाइ पठाउनु पर्ने,कुवेत पुग्ने घरेलु कामदारको एकपक्षीय रुपमा कानूनी बाटोको नाममा घरेलु कामदार पठाउने गल्ती गर्न नहुने सुझाव कुवेतमा रहेका नेपालीहरुले समितिलाई दिएका छन् ।

कुवेतमा श्रमसहचारी तुरुन्त पठाउने व्यवस्था गर्नु पर्ने,नेपाल र कुवेत सरकार वीच तुरुन्त श्रम सम्झौता गरेर कामदार पठाउनु पर्ने,उच्च तलव भत्ता प्राप्त हुने डाक्टर,इञ्जिनियर जस्ता काममा व्यक्तिगत श्रम स्वीकृतिमा कुवेत आउन पाउने व्यवस्था गर्नु पर्ने, फ्रि टिकट,फ्रि भिसा प्रभावकारी तरिकाले कार्यान्वयन गर्नु पर्ने,कार्यान्वयन नगर्नेलाई कार्वाही गर्नु पर्ने, नेपाली कामदारका सबै प्रमुख गन्तव्य मुलुकहरुसँग श्रम सम्झौता गरी नेपाली कामदारहरुको न्युनतम तलव रोक्नु पर्ने र सो भन्दा कम तलवमा कामदार पठाउन नपाउने व्यवस्था गर्न पर्ने सुझाव कुवेतमा रहेका नेपालीहरुले समितिलाई दिएका छन् ।-अन्नपूर्ण पोष्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी