दुई वर्षभित्र मासु र तीन वर्षभित्र दुग्धजन्य वस्तुमा आत्मनिर्भर ?

दुई वर्षभित्र मासु र तीन वर्षभित्र दुग्धजन्य वस्तुमा आत्मनिर्भर ?

  • मङ्लबार, साउन २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

 

कोहलपुर पशुपन्छी विकासमन्त्री सन्तकुमार थारुले दुई वर्षभित्र मासु र तीन वर्षभित्र दुग्धजन्य वस्तुमा आत्मनिर्भर हुने लक्ष्य पूरा गर्न बढीभन्दा बढी मेहनत गर्नुपर्ने बताउनुभएको छ ।

‘व्यावसायिक पशुपालनमा उत्पादन वृद्धि, पारिवारिक पोषण, रोजगारी र समृद्धि’ नाराका साथ क्षेत्रीय पशु सेवा निर्देशनालय मध्यपश्चिम सुर्खेतको आयोजनामा आजदेखि नेपालगन्जमा सुरु भएको आव २०७३÷७४ को तेस्रो चौमासिक तथा वार्षिकक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले पूर्वाञ्चल दूधमा आत्मनिर्भर भइसकेको र मासुमा पनि आत्मनिर्भर हुने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

“मध्यपश्चिम क्षेत्रमा पनि मासुमा प्रगति हुने क्रम अगाडि बढे पनि दूध र अण्डामा अझै बढी प्रगति गर्न आवश्यक छ”, मन्त्री थारुले भन्नुभयो ।” मन्त्री थारुले मध्यपश्चिममा मासु, दुग्धजन्य पदार्थ र अण्डा उत्पादनका लागि राम्रो सम्भावना रहेकाले यसको वृद्धि विकासका लागि सबैले मेहनत गर्नुपर्ने बताउनुभयो ।
मंगलबारसम्म चल्ने गोष्ठीमा मध्यपश्चिम क्षेत्रीय पशु सेवा निर्देशनालय सुर्खेतका क्षेत्रीय निर्देशक किसनलाल भट्टले आव २०७३÷०७४ को तेस्रो चौमासिक तथा वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । गोष्ठीमा मध्यपश्चिमका बाँके, बर्दिया, दाङ, सुर्खेत, प्यूठानलगायत १५ जिल्लामा सञ्चालन भइरहेका कार्यक्रम र तिनका प्रगति, समस्या र चुनौतीका बारेमा छलफल भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी