काठमाडौं ,१९ साउन ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान विषयको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी पुरा भएको छ ।
उनका अनुसार शुक्रबार १० बजे नतिजा प्रकाशनका लागि बोर्ड वैठक बोलाइएको छ । कक्षा १२ को परीक्षा गत वैशाखमा सञ्चालन गरिएको थियो । बतासका अनुसार विज्ञान विषयमा मुलुकभरबाट करीव ५० हजार परीक्षार्थी सहभागी थिए ।
स्नातह तहमा मेडिकल, इन्जिनियरिङ लगायतका प्राविधिक विषय पढ्न चाहने विद्यार्थीको प्रवेश परीक्षा छिटो हुने हुनाले विज्ञान विषयको मात्र छिटो नतिजा प्रकाशन गर्न लागिएको हो ।नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेभसाईडमा गएर हेर्न सकिन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline