अखिल क्रान्तिकारीको भावी अध्यक्षको चर्चामा हिरासत ब्रेक गर्ने जनयुद्धका सिपाहि रामचन्द्र अधिकारी (आर.सी), बिद्यार्थी संगठनका सडक बाघ

अखिल क्रान्तिकारीको भावी अध्यक्षको चर्चामा हिरासत ब्रेक गर्ने जनयुद्धका सिपाहि रामचन्द्र अधिकारी (आर.सी), बिद्यार्थी संगठनका सडक बाघ

  • बुधबार, साउन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाण्डौ , १७ साउन ।
नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको भावी नेतृत्व चयनका लागी आगामि भदौ ७ देखि ११ गतेसम्म राष्ट्रिय सम्मेलन हुँदैछ । २१ औ राष्ट्रिय सम्मेलनको मिति घोषणासँगै चुनावी सरगर्मि बढेको छ । नेतृत्वका आकाक्षीहरुपनि सलबलाउन थालेका छन् । त्यसमा केहि नामहरु बहिर नै चर्चामा छन् भने केहि सतहमा संगठन भित्रै दर्बिलो तरिकाले आईरहेका छन् । सत्तारुढ दलको बिद्यार्थी संगठनको भावी नेतृत्वमा कस्ले बाजी मार्ला सबैको चासोको बिषय बनेको छ ।
नयाँ नेतृत्वको लागि चर्चामा आएका नाम मध्ये एक हो रामचन्द्र अधिकारी (आर.सी) । जसलाई बिद्यार्थी संगठनका सडक बाघको रुपमा पनि हेर्ने गरिन्छ । राजनैतिक ,वैचारीक रुपमा प्रखर आरसि जनयुद्धका कुशल सिपाहि पनि हुन् ।

जेल नेल र हिरासत ब्रेकसम्मको राजनितिक यात्रा

स्कुले जीवनबाट नै बिद्यार्थी राजनितिमा सक्रिय आर.सी २०५६ सालदेखि एमालेनिकट बिद्याथी संगठनबाट शैक्षिक क्षेत्रमा देखिएका बिकृति सुधारको मुद्धा बोकेर अघि बढे । ०५६ सालमा जिल्ला कमिटि सचिव बन्न सफल उनी सोहि साल सप्तगण्डकी बहुमुखि क्याम्पसको स्वबीयू सचिवमा निर्वाचित भए ।
०५७ सालमा नै उनले अखिलबाट बिद्रोह गरेर तत्कालिन नेकपा माओवादीनिकट बिद्यार्थी संगठनमा आबद्ध भई चितवन जिल्ला कमिटिको उपाध्यक्ष बन्न पुगे । विराटनगरमा भएको १५ औ राष्ट्रिय सम्मेलनमा पनि उनले जिल्ला कमिटिको उपाध्यक्षका हैसियतले प्रतिनिधित्व गरेका थिए ।
त्यसलगत्तै ०५८ साल मंसिरबाट मुलुकमा संकटकालको घोषणा भयो ,उनी पनि भूमिगत भएर राजनितिक यात्रा जारी राखे । जनयुद्धको क्रममा थुप्रै माओवादी नेता कार्यकर्ता गिरफ्तारिमा पर जसमा एक थिए आरसि । ०५८ साल चैत १८ गते उनी प्रहरीको घेराबन्दीमा परे । उनलाई गिरफ्तार गरेर ६ महिनासम्म वेपत्ता पारियो र पछि मकवानपुर हेटौडाको पशुपतिनगर इलाका प्रहरी चौकिमा पुर्याईयो । ०५९ साल असोज ३ गते उनी सोहि प्रहरी चौकिको हिरासत ब्रेक गरेर निस्कन सफल भए ।

हिरासत ब्रेक गरेर निस्कीएपछि पनि उनी बिद्याथी राजनितिमा नै सक्रिय बने । ०६० सालमा चितवन जिल्लामा बिद्यार्थी संगठनको अध्यक्ष बने । जनयुद्ध थप चर्कदै गएकोले उनले धेरैसमय पुन खुल्ला रुपमा संगठनका काम गर्न पाएनन् । ०६२ साल साउन १८ गते चितवन पुरानो गोरखकाली गण कसराको सेनाको टोलीले अअमर उच्चमाबि पटियानीमा अखिल क्रान्तिकारीको कार्यक्रम गर्दै गर्दा कार्यक्रमस्थलबाटै गिरफ्तार गरि १ महिना वेपत्ता पार्यो । र पछि झुठा मुद्धा लगाएर जेल हाल्यो ।
माओवादी शान्तिप्रक्रियामा आएपछि ०६३ साल जेठमा बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयका आधारमा उनको पनि मुद्धा खारेज भएपछि जेलबाट रिहा भए ।
त्यसपछि पुनः बिद्यार्थी राजनितिमा सक्रिय बनेका आरसि अखिल क्रान्तिकारी पोखरा विश्वविद्यालयको संयोजक र संगठनको सचिवालय सदस्य भएर काम गरेका थिए । ०६९ को राष्ट्रिय भेलाबाट केन्द्रिय सचिव बनेका उनले उपत्यका अन्तरगत नेवा राज्य समितिको संयोजक , सहईन्चार्ज हुदै ईन्चार्जको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरेका छन् । ०६२ सालमा रमेश मल्ल अध्यक्ष हुँदा उनी अखिल क्रान्तिकारीको उपाध्यक्ष बनेका थिए ।
०६३ को एकता भेलाबाट पनि पुन उपाध्यक्षको नै जिम्मेवारी निर्वाह गरेका आरसि हालसपनि सोहि जिम्मेवारीमा छन् ।

आन्दोलनबाट भाग्न नजान्ने आर.सी

जनयुद्धताका होस् या शान्तिकालपछिको राजनिति उनी आफु र आफ्नो संगठनले उठाएको आन्दोलनबाट कहिलै नहट्ने नेताको रुपमा परिरचित छन् । आफ्नो नेतृत्वमा भएका कुनैपनि आन्दोलनलाई संगठनको हित विपरित नलगेको र आन्तरिक सहमती या अन्य चलखेल नगरेको अखिल क्रान्तिकारी कै नेताहरु स्वीकार्छन् । पछिल्लो समय बिभिन्न शैक्षिक मुद्धाहरु उठाउने तर बिचमा नै आर्थिक चलखेलको आधारमा त्यसलाई तुहाउने गरेको केहि नेताहरुमा आरोप लागेको भएपनि त्यसबाट उनी मुत्त रहेको र वैचारीक रुपमा प्रखर नेताका रुपमा चिनिन्छन् ।
उनीसँगै अखिल क्रान्तिकारीको भावी अध्यक्षका लागी अनिल शर्मा, रञ्जित तामाङ, गंगाराम तिमिल्सीना, सुरेन्द्र बस्नेत, बिरेन्द्र बस्नेत ,पन्जा सिंह र तिलकराज भण्डारीले पनि चर्चामा छन् ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी