अस्थायी शिक्षकलाई सुविधा दिने विषयमा अर्थमन्त्रालयले पैसा दिन मानेन

अस्थायी शिक्षकलाई सुविधा दिने विषयमा अर्थमन्त्रालयले पैसा दिन मानेन

  • मङ्लबार, साउन १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ, १० साउन । कार्यरत सबैलाई स्थायी गराउने र परीक्षामा सफल नहुनेलाई उचित सुविधा दिनेसम्बन्धी शिक्षा मन्त्रालय र अस्थायी शिक्षक सङ्घर्ष समितिबीचको सहमतिलाई अर्थ मन्त्रालयले अस्विकार गरेको छ ।

शिक्षा मन्त्रालय, महासङ्घ र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच गत असार ९ गते चारबुँदे सहमतिपछि आन्दोलनरत शिक्षकको अनशन अन्त्य भई सहमति कार्यान्वनका लागि संयुक्त कार्यदल गठन भएको थियो ।

कार्यदलका संयोजक एवं शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले थप बजेट लाग्ने भएकाले अर्थ मन्त्रालयको सहमति माग गर्दा आज त्यसमा असमर्थतासहितको जानकारी प्राप्त भएको बताउनुभयो ।

उहाँले अब कसरी अगाडि बढ्ने भन्नेमा अन्योल देखिएको प्रतिक्रिया दिनुभयो । संघर्ष समितिका उपाध्यक्ष ज्योतिनारायण ढकालले आफूहरुलाई सरकारबाट धोका भएकाले पुनः आन्दोलनको चेतावनी दिनुभएको छ ।

मन्त्रालयसँगको चारबुँदे सहमतिबमोजिम संवत् २०६१ साउन २२ देखि २०७२ असोज २ गतेसम्मको कुल रिक्त दरबन्दीको ४९ प्रतिशतमा आन्तरिक र ५१ प्रतिशत खुल्लातर्फ विज्ञापन गर्ने विषयमा आन्तरिकतर्फको विज्ञापनमा पद संख्या समायोजन (अनुपात मिलान) गरिने उल्लेख थियो । यो सहमति कार्यान्यनका लागि विद्यमान शिक्षा ऐनमा संशोधन आवश्यक पर्छ ।

हाल २६ हजार १५१ शिक्षकको दरबन्दी रिक्त छ । संघर्ष समितिले ७० प्रतिशतसम्म आन्तरिक पदमा विज्ञापन हुने अपेक्षा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी