काठमाण्डौ ,६ साउन ।
अखिल क्रान्तिकारी पूर्वान्चल विश्वविद्यालय क्षेत्रीय समन्वय समितिले आज पूर्वान्चल विश्वविद्यालयको काठमाण्डौ सम्पर्क कार्यलयमा तालाबन्दी गरेको छ ।
यसअघि बिभिन्न ९ बुदे माग सहित ७२ घण्टे अल्टिमेटम दिएको क्षेत्रीय समन्वय समितिले विश्वबिद्यालयले माग पुरा गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनलाई यथास्थीतिमै राखेर छलफलको माध्यमबाट अघि बढ्ने जनाएको थियो ।
तर आजसम्म पनि अआफुहरुको मागप्रति बेवास्था गरी विश्वबिद्यालयले छलफल समेत गर्न नचाहेपछि काठमाण्डौमा रहेको सम्पर्क कार्यलयमा तालाबन्धी गरीएको समन्वय समितिका संयोजक भिष्म कुमार शाहीले जानकारी दिनुभयो ।
अखिल क्रान्तिकारी पूर्वान्चल विश्वविद्यालय क्षेत्रीय समन्वय समितिले आज अपरान्ह विज्ञप्ती निकालेर विश्वबिद्यालयको सम्पर्क कार्यलयमा तालाबन्दी गरीएको जानकारी दिदैँ तत्काल माग पुरा गर्न पनि आग्रह गरेको छ ।
संयोजक शाहीले आफुहरुका माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिनुभयो ।
विज्ञप्तीमा भनिएको छ , विश्वविद्यालय पदाधिकारीले हाम्रो माग सम्बोधन नगरे थप कडा सघर्षमा जान बाध्य हुनेछौ । त्यसबाट उत्पन्न सम्पुर्ण समस्याको जिम्मेवार सम्बन्धीत पक्ष नै हुनेछ ।
