नेपालमा चीनीया भाषाको ६ महिने कक्षा शुरु

नेपालमा चीनीया भाषाको ६ महिने कक्षा शुरु

  • बिहिबार, साउन ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

४ साउन ,काठमाडौँ  । नेपालका लागि कार्यबहाक चिनीयाँ राजदूत याङ सी चाओले आफ्नो देशका मुख्य सहरहरुमा नेपालको प्रकृतिक सन्दरताबारे कार्यक्र गरिरहेको बताएका छन् । उनले बुधबार काठमाडौमा ६ महिने चिनीयाँ भाषा कक्षाको समुद्घाटन समारोहमा सो जानकारी गराएका हुन् ।

नेपाल स्थित चिनिया राजदूताबासको सहयोगमा नेपालमा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुकालागि ६ महिने भाषा कक्षाको शुभारम्भ भएको छ । यो भाषा कक्षालाई नेपाल–चाइना कल्चर एण्ड एजुकेशन काउन्सिल र पर्यटन बोर्डले संयुक्त रुपमा संयोजन गरेको हो ।

राजदूत चाओले नेपाल सगरमाथा र गौतम बुद्धको देशमात्र नभएर अनेक प्रकृतिक तथा सँस्कृतिक र पौराणिक सुन्दरताको देश पनि भएको कुरा हरेक चिनीयाँलाई थाहा दिनु पर्ने बताए । उनले नेपालमा चिनिया पर्यटक भित्र्याउन सके देशको अर्थतन्त्रमै टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, ’वर्षमा १० लाख मात्रै चिनिया पर्यटकहरु नेपाल भित्र्याउन सके नेपालको आर्थिक वृद्धिमा ठूलो सहयोग पुग्नेछ । जसकोलागि पर्यटकीय क्षेत्रको पूर्वाधार भने विकास गर्न जरुरी छ ।’ उनले पर्यटक नेपाल ल्याउने प्रशस्त सम्भावना रहेको भए पनि गाइड गर्ने चिनिया भाषा विज्ञको अभाव रहेको बताए । उनले यो भाषा कक्षाबाट सो जनशक्तिको परिपूर्ति हुने पनि अपेक्षा गरे ।


आज काउन्सिलका अध्यक्ष डा. हरिशचन्द्र शाहको अध्यक्षतामा सो कक्षाको समुद्घाटन गरियो ।
यसैगरी उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले भाषा कक्षाको सफलताको शुभकामना दिँदै नेपालीले चिनिया भाषा सिक्नु अत्यन्त आवश्यक भएको बताए । उनले भाषाको माध्यमबाट रोजगारीको सिर्जना मात्रै नभएर दुई देशका जनताबीचमा सुमधुर सम्बन्ध पनि स्थापित हुने बताए । उनले मन्त्रालयले अघिल्ला वर्षमा पनि यस्ता भाषा कक्षा संचालन गरेको स्मरण गर्दै ती कक्षाबाट धेरै विद्यार्थीले लाभ लिन सकेको बताए ।

पर्यटन बोर्डका निमित्त प्रमुख मनिराज लामिछानेले नेपालमा यस्ता चिनिया भाषा कक्षाहरुको आवश्यकता रहेको बताए । उनले पर्यटन बोर्डको सहयोगमा विगतमा पनि भाषा कक्षा संचालन भएको स्मरण गर्दै चिनिया भाषाका दक्ष जनशक्ति उत्पादन गर्न बोर्ड सदैव सक्रिय रहेको उल्लेख गरे । नेपालका लागि आवश्यक पर्ने जनशक्ति नरहेको बताउँदै उनले नेपाल भित्रिने पर्यटकलाई गाइड गर्न, विभिन्न संघ, संस्था वा कम्पनीमा काम गर्न भाषाको ज्ञान आवश्यक रहेको बताए ।

नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिशचन्द्र शाहले गतवर्ष संचालन गरेको भाषा कक्षाबाट उत्साहित भएर यो पटक पनि सोही किसिमको कक्षा संचालन गर्न लागेको बताए । भाषा कक्षा संचालन गर्न सहयोग गर्ने नेपाल स्थित चिनिया राजदुतावास, संस्कृति तथा पर्यटन मन्त्रालय र पर्यटन बोर्डलाई धन्यवाद दिँदै डा. शाहले यस्ता कार्यक्रममा सदैव साथ दिन आग्रह गरे । उनले चीनबाटै प्रशिक्षक झिकाएर कक्षा संचालन गरिरहेको बताउँदै ठूलो लगानीमा भाषा कक्षा संचालन भइरहेकोले विद्यार्थीहरुलाई लगनशील भएर अध्ययन गर्न आग्रह गरे ।

उद्घाटन कार्यक्रमपछि आजैबाट भाषा कक्षाको पनि सुरुवात गरिएको थियो । करिब ४० जना विद्यार्थी सहभागी रहने सो कक्षा चिनिया भाषा प्रशिक्षक सु या रु ले लिने छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी