हेर्दा हेर्दै राजधानीको व्यस्त सडकबीचमा भलले बालिका बगायो(भिडियो)

हेर्दा हेर्दै राजधानीको व्यस्त सडकबीचमा भलले बालिका बगायो(भिडियो)

  • शनिबार, असार ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

https://youtu.be/dv26zkX_gqY

शुक्रबार काठमाडौ उपत्यकास्थित एउटा व्यस्त सडकमा हिडिरहेकी बालिका सडकवीच रहेको खाल्डोमा परेकी छिन् । पानी परेपछि सडक पानीले भरिएको थियो । स्कुल पोशाकमा रहेकी ती बालिका बाटो काट्ने क्रममा सडकको वीचको खाल्डोमा डुबेकी हुन् । उनलाई करिब एक सय मिटर तलसम्म बगाउँदै लगेको स्थितीमा उद्धार गरिएको थियो ।
ती बालिका पानी जमेको सडकहुँदै पारि जान लागेको देखिन्छ । त्यही बेला विचभागमा पुगेपछि एक्कासी पानी बगिरहेको खाल्डोभित्र पस्छिन् । त्यसपछि करिब ३० सेकेण्डपछि मात्र उनी केही तल बग्दै गरेको देखिन्छ । त्यसक्रममा त्यहाँ रहेका सर्वसाधारणले उद्धार गरेका थिए ।
सामाजिक सञ्जालमा उक्त भिडियो टोखास्थित ग्राण्डी अस्पताल आसपासको भएको दावी गरिएको छ । ती बालिका को हुन् र उनको अहिलेको स्वास्थ्य स्थिती कस्तो छ भन्नेबारेमा कुनै जानकारी पाउन सकिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी