काठमाडौ ,३१ असार ।
वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वमा रोहन गुरुङ विजयी हुनु भएको छ ।
संघको २५ औं साधारण सभाको बिहान सकिएको मतगणनाबाट निवर्तमान अध्यक्ष समेत रहुन भएका विमल ढकाललाई ९३ मतले पराजित गर्दै गुरुङ अध्यक्षमा विजयी हुनु भएको हो ।
गुरुङले ४ सय ३४ मत प्राप्त गर्नुभएको छ भने ढकालले ३ सय ४१ मत पाउनु भएको छ । कार्यसमितिको अधिकांश पदमा पनि गुरुङको प्यानल विजयी भएको छ ।
संघको प्रथम उपाध्यक्षमा गुरुङ प्यानलबाटै रामप्रसाद भान्तना ४ सय ९६ मतसहित विजयी हुनु भएका छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी प्रज्ञा न्यौपानेले ३ सय १० मत पाउनु भएको छ ।
महासचिवमा गुरुङ प्यानलकै नरेश गेलाल ४ सय ४९ मतसहित विजयी हुनु भएको छ भने ढकाल प्यानलका सुजित श्रेष्ठले ३ सय ७८ मत पाउनु भएको छ ।
सचिवमा पनि गुरुङ प्यानलकै ईश्वर जिसी विजयी हुनु भएको छ भने कोषाध्यक्षमा ढकाल प्यानलबाट राधिका कटुवाल विजयी हुनुभएको छ ।
अध्यक्षमा विजयी गुरुङ एमाले र माओवादी केन्द्रबाट संयुक्त प्यानल बनाएर चुनावी मैदानमा जानु भएको हो भने ढकालले कंग्रेस र मधेशी दल निकट व्यवसायीबाट संयुक्त साझा उमेदवारी दिनुभएको थियो ।