गर्मी मौसममा बेल खाँदा हुन्छन् यी ६ फाइदा

गर्मी मौसममा बेल खाँदा हुन्छन् यी ६ फाइदा

  • बिहिबार, असार २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

हिन्दू परम्परा अनुसार बेलको पातलाई शिवजीको पूजा गर्न प्रयोग गरिन्छ । तर यसको पाकेको फल भने खानमा उपयोगी हुन्छ । बेलमा शरीरलाई चाहिने प्रोटिन, क्याल्शियम, फसफोरस, आइरनका साथै भिटामिन प्रशस्त मात्रामा पाइन्छ ।

पाकेको बेल खानाले शरीरलाई निकै फाइदाजनक हुन्छ साथै यसले शरीरमा शक्ति प्रादान गर्छ र शरीरमा बिभिन्न रोग लाग्नबाट बचाउँछ ।

बेलका फाइदाहरु :

१. गर्मी मौसममा बेलको सेवन गर्नाले लू लाग्ने समस्याबाट बच्न सकिन्छ । साथै बेलको गुदीलाई निकालेर पानीमा घोली सर्बत बनाएर पिउनाले शरीरलाई शीतलता प्रदान गर्छ ।

२. बेलको सेवनले झाडापखाला सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

३. यसको सेवनले खाना पचउनमा मद्दत गर्नुका साथै शरीरलाई शक्ति प्रदान गर्दछ ।

४. बेलको सेवनले पेट सम्बन्धी बिभिन्न समस्याबाट मुक्ति मिल्छ ।

५. यसले बच्चाको पेटमा भएका किरा नष्ट पार्नुका साथै बच्चाको हड्डी बलियो बनाउनमा मद्दत गर्छ ।

६. बेलको नियमित सेवनले रगत सफा हुनुका साथै यसमा नुन मिसाएर खानाले आवाज सुरीलो बनाउन मद्दत गर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी