दूध बेच्न भारतीय बजार धाउँदै

दूध बेच्न भारतीय बजार धाउँदै

  • बुधबार, असार २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

झापा, २८ असार । झापा गाउँपालिका–६ का पुण्यप्रसाद पौडेल १६ वर्षदेखि भारतको दिघल बैंक बजारमा दूध बिक्री गर्दैआउनुभएको छ । उहाँले दैनिक १५० लिटर दूध बिक्री गर्नुहुन्छ ।

नेपालमा भन्दा भारतीय बजारमा मूल्य बढी पाइने भएपछि उहाँ दूध बिक्री गर्न भारतीय बजार धाउँदै आउनुभएको हो । “झापाका विभिन्न बजारमा दूधको मूल्यमा एकरुपता छैन,” उहाँले भन्नुभयो– “हामी कृषकबाट प्रतिलिटर रु ४० मा दूध खरिद गरी डेरीलाई रु ३८ देखि रु ३९ का दरले बेच्छौँ, त्यही दूध उनीहरु रु ५५ मा बिक्री गर्छन ।”

कनकाई नगरपालिकाको सुरुङ्गास्थित अमृत दुग्ध विकास संस्थामा काम गर्दागर्दै जागिर छाडेर पौडेलले दूध बेच्न थाल्नुभएको हो । पौडेल अहिले भारतीय बजारमा प्रतिलिटर ३० देखि ३५ भारतीय रुपैयाँमा दूध बिक्री गर्नुहुन्छ । उहाँ गाउँघरमा ‘दूधवाला’ का नामले परिचित हुनुहुन्छ ।

“दूध बेचेरै परिवारको पालनपोषण गर्दैआएको छु,” उहाँले भन्नुभयो ।

पौडल मात्र होइन भारतसँग सीमा जोडिएका घेरावारी, शरणामती, कुमरखोद, केचना, बनियानीलगायत ठाउँका कृषक दूध बेच्न भारतीय बजार धाउने गरेका छन् । अधिकांश कृषक आफैँ दूध बेच्न भारतीय बजार जाने गरेका छन् भने केहीले दूध संकलकमार्फत दूध बेच्ने गरेका छन् ।

पछिल्लो समय सरकारले पशुपालक कृषकका लागि अनुदान दिन शुरु गरेपछि जिल्लाका पशुपालक कृषकको संख्या बढेसँगै दूध उत्पादनमा समेत वृद्धि भएको छ । आव २०७२÷७३ मा रु चार अर्ब ५० करोड बराबरको दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका सूचना अधिकारी कुमारसिंह खत्रीले बताउनुभयो । सो आवमा जिल्लामा दुई हजार ३०० मेट्रिक टन दूध उत्पादन भएको थियो ।

उत्पादन भएको दूधमध्ये ८० प्रतिशत जिल्लामै खपत हुन्छ । पाँच हजार लिटरभन्दा बढी दूध खपत गर्दै आएका एनएमसी डेरी र ऋतिका डेरीबाट कृषक लाभान्वित भएका छन् । जिल्लामा नश्ल सुधारका लागि १२ वटा सामुदायिक प्रजनन केन्द्र, १७ वटा सेवा केन्द्र र निजी क्षेत्रले समेत काम गर्दै आएका कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी