मलेसिया सरकारको चेतावनी :‘जेल सजायबाट जोगिन आत्मसमर्पण गरेर घर फर्क’

मलेसिया सरकारको चेतावनी :‘जेल सजायबाट जोगिन आत्मसमर्पण गरेर घर फर्क’

  • आइतवार, असार २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

मलेसीया , २५ असार ।

मलेसियाले अवैधानिक आप्रवासी कामदारहरुलाई जेल सजाय र जरिवानाबाट जोगिन प्रशासनसमक्ष आत्मसमर्पण गर्न आग्रह गरेको छ । मलेसियाली अध्यागमन विभागका महानिर्देशक मुस्ताफर अलीले जेल सजाय ब्यहोर्न र जरिवानाबापत बढी रकम तिर्नबाट जोगिन अबिलम्ब प्रशासनसमक्ष उपस्थित भई स्वदेश फर्कन अवैधानिक आप्रवासी कामदारलाई आग्रह गरेका हुन् ।

यही जुलाई १ देखि त्यस्ता कामदारविरुद्ध सुरु गरेको धरपकड अभियान जारी छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गत एक सातायता करिब २ हजारभन्दा बढी त्यस्ता कामदारहरु र ४६ जना रोजगारदाताहरु पक्राउ परिसकेका छन् । तीमध्ये सयजनाभन्दा बढी नेपाली छन् । गतवर्ष सञ्चालित ‘रिहाईरिङ’ कार्यक्रममा दर्ता नभएका एवं यसैवर्ष फेब्रुअरी १५ देखि जुन ३० सम्म दिइएको दर्ता कार्यक्रममा पनि सहभागी नहुने अवैधानिक आप्रवासी कामदारहरुको देशव्यापी खोजी भइरहेको छ ।
सरकारी अधिकारीहरुले ठूला ठूला सपीङ मलदेखि आप्रवासी कामदार लुकेर बसेका हुनसक्ने सम्भावित ग्रामीण भेगका कयौं स्थानहरुमा खोजतलास जारी राखिएको जनाएका छन् ।

मलेसियाले अवैधानिक आप्रवासी कामदारलाई प्रशासनसमक्ष उपस्थित भएर घर फिर्न आग्रह गरिएको भए पनि अधिकांश दलालको सहारामा स्वदेश फर्कने गरेका छन् । मलेसियाले धरपकड अभियानसँगै घरफिर्तीका लागि प्रशासनमा आफैं उपस्थित हुन र गल्ती स्वीकार गरी आउटपास लिएर स्वदेश फिर्न सक्ने अवसर पनि दिएको छ । तर आफैं प्रशासनमा जाँदा पक्राउ परिने डरले अधिकांश नेपाली कामदारहरु दलाल एवं विचौलियाको सहारामा मात्र स्वदेश फिर्ने गरेका छन् ।

नेपाली दूतावासले घर फर्कने अवैधानिक नेपालीका लागि यात्रा अनुमतिपत्र जारी गर्ने गरेको छ । त्यस्तो पत्रबापत १६० रिंगिट शुल्क तिर्नुपर्दछ । उक्त पत्र लिएर त्यस्ता कामदार मलेसियाली अध्यागमन विभागमा आफैं उपस्थित हुनुपर्ने र आउटपास एवं जरिवानाबापत ४ सय रिंगिट शुल्क तिर्नुपर्ने प्रक्रिया छ । त्यसपछि हवाई टिकट लिएर कामदार स्वदेश फर्कन सक्छन् ।

तर, दूतावासले त्यस्ता कामदारलाई अध्यागमन विभागसम्म पुर्‍याउने व्यवस्था नमिलाउँदा उनीहरु दलाललाई बढी रकम तिरेर घर फिर्नुपर्ने बाध्यता छ । विचौलियाहरुले अध्यागमन कार्यक्रम पुर्‍याई आउटपास प्राप्त गरेपछि घर फर्काइदिएबापत त्यस्ता कामदारसँग प्रतिव्यक्ति २ सय रिंगिटदेखि ८ सय रिंगिटसम्म असुल्ने गरेको पाइएको छ । ‘दुतावासले यात्रा अनुमतिपत्र मात्र दियो तर अध्यागमनमा आफैं जाउ भन्यो ।’ घर फर्कन दलालको सहारा लिएका एक नेपालीले भने ‘तर पक्रिने पो हो कि भन्ने डर लाग्यो अनि चिनेजानेको साथीभाइको सहयोगमा एकजना नेपाली एजेन्टमार्फत पुत्राजया (अध्यागमन)मा पुगेर सबै काम मिलाएर आएँ ।’
आफूले ती एजेन्टलाई अध्यागमनमा लाग्ने शुल्क, हवाई टिकटबापत (यात्राअनुमति पत्रको लाग्ने शुल्कबाहेक) २७ सय रिंगिट नगद दिएको र उक्त शुल्कभित्रै ती एजेन्टले ३ दिन होटलमा खाने बस्ने व्यवस्था मिलाएको उनले बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी