त्रिविका उपकुलपतिलाई कार्यालय प्रवेशमा रोक 

त्रिविका उपकुलपतिलाई कार्यालय प्रवेशमा रोक 

  • शुक्रबार, असार २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ, असार २३ ।

त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले विश्वविद्यालयका उपकुलपतिलगायत कार्यकारी र कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।

आंशिक प्राध्यापकको ब्यवस्थापन तथा प्राज्ञिक क्षेत्रमा भइरहेको बौद्धिक शोषण अन्त्य गर्न माग गर्दै उपकुलपति प्राध्यापक तिर्थ खनियासहित सबै कार्यकारी र कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउँदै धर्ना दिइरहेको त्रिवि आंशिक प्राध्यापक संघका महासचिव केशव चन्दले जानकारी दिनुभयो ।

साँझ ५ बजेसम्म प्रवेश निषेध गरेर दबाब दिने र अझैपनि त्रिविले माग पुरा गर्ने बारे सुनुवाई नगरे भोलीदेखि कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने उहाँले बताउनुभयो ।

वर्षौदेखि प्राध्यापन गराइरहेका आंशिक प्राध्यापकलाई नाम मात्रको पारिश्रमिक दिएर त्रिभुवन विश्वविद्यालयले बौद्धिक शोषण गरिरहेको र समस्या समाधानका लागि प्रभावकारी अग्रसरता नलिएकाले आन्दोलन गर्नुपरेको महासचिव चन्दले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी