पछिल्लो समय थोपा सिँचाईको माग बढ्दो क्रममा रहेको छ : राजन गैरे

पछिल्लो समय थोपा सिँचाईको माग बढ्दो क्रममा रहेको छ : राजन गैरे

  • बुधबार, असार २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

 

विभिन्न संघ सस्था मार्फत देशव्यापी रुपमै थोपा सिंचाई प्रविधिको बजारीकरण, कृषि प्रसार लगायतका कार्य गरी हजारौं कृषक तथा सरकारी कृषि प्राविधिकलार्ई समेत तालिम प्रदान गर्दै आएका राजन गैरे नेपालमा थोपा सिँचाई प्रविधिका अनुसन्धानकर्ता पनि रहेका छन् । हाल उनी सितल थोपा सिँचाई प्रविधि का प्रविधि व्यवस्थापकको जिम्मेवार समालेका छन् र अहिले पनि यहि प्रविधि विस्तारमै तल्लिन भइरहेका छन् । गैरे हाल डिसिए, इको–नेपालको स्वच्छ बगैंचा, स्वच्छ घर नामक कार्यक्रमको संयोजक बनेर समेत काम रहेका छन् । कृषिकै विकास प्रवद्र्धनको लागि स्थापना गरीएको नेपाल एग्रो लाइभ प्रा.लि.का समेत प्रबन्ध निर्देशक रहेका गैरेले हाल गोरखाको ताङलिचोक गाविस तथा मकैसिंह गाविसका ७ सयजना कृषकलाई स्वच्छ बगैंचा, स्वच्छ घर सम्बन्धी विभिन्न तालिम प्रदान गरिरहेका छन् । प्रस्तुत छ, थोपा सिँचाईसँ लगायत कृषिका विभिन्न क्षेत्रसँग सम्बन्धित विविध विषयमा गैरेसँग गरेको कुराकानी :
थोपा सिँचाई प्रविधिको अनुसन्धानमा कहिलेदेखि लाग्नुभयो ?
२०५२ सालदेखि आइ.डि.ई. नेपाल नामक संस्थामा काम सुरु गरेसँगै यसको अनुसन्धानमा लागेको हुँ । करिब १२ वर्षसम्म सोही संस्थामा थोपा सिंचाइ प्रविधिको अनुसन्धान र विकासमा संलग्न थिए । पछिल्लो समय आइडिईकै प्राविधिक सहयोगमा नेपालकै शीतल थोपा सिंचाइ प्रविधि उद्योग स्थापना भयो । उद्योगले लामो समयको अध्ययन र अनुसन्धानपछि मात्रै २०५५ सालदेखि किसानलाई यो प्रविधि वितरण गरेको थियो ।
अनुसन्धान कसरी सुरु गर्नुभयो ?
सुरुमा त विदेशी प्रविधि नै भित्रयाइएको थियो । भारत, इजरायल, क्यानडाबाट थोपा सिंचाइ प्रविधि भित्रयाइएको थियो । तर विदेशी प्रविधि निकै महँगो भएकोले नेपाली किसानले उपयोग गर्नै नसक्ने अवस्था देखिएपछि नेपालमै यसको अनुसन्धान सुरु गर्ने सोचका साथ हामीले अनुसन्धान सुरु गरेका थियौं । नेपालको मध्यपहाडी क्षेत्रको सिँचाईका लागि यो प्रविधि निकै उपयोगी देखिएकोले आइ.डि.ई.नेपालले अनुसन्धानका लागि बजेटसमेत छुट्यायो । त्यसपछि हामीले नेपालमै थोपा सिँचाई प्रविधिको विकास ग¥यौं र परीक्षण समेत ग¥यौं । गोरखा, कास्की लमजुङ र खुमलटारमा परीक्षण गरिएको थियो ।


विदेशीभन्दा कति सस्तो पर्छ नेपालको थोपा सिँचाई प्रविधि ?
विदेशीभन्दा ६० प्रतिशत सस्तो हुनुका साथै गुणस्तरीय र किसानमैत्रीसमेत देखिएपछि प्रविधिको प्रवद्र्धन सुरु भएको हो । त्यसो त शीतल थोपाभन्दा पनि सस्तो प्रविधि पनि नभएको होइन तर विदेशी प्रविधि टिकाउ देखिएन ।
नेपालमा थोपा सिँचाई प्रविधिको मापदण्ड कस्तो छ ?
अहिलेसम्म नेपालमा यसको मापदण्ड नै छैन । आयातकर्ता र किसानमा समेत यसप्रति सचेत देखिएका छैनन् । बिक्री गर्नेले पनि किसानलाई यसबारेका जानकारी दिएका छैनन् । इजरायली प्रविधिको थोपा सिंचाइ प्रयोग गर्दा एउटा टनेलका लागि १० हजार रुपैयाँ जति पर्न जान्छ भने नेपाली प्रविधिको थोपा सिँचाई ३ हजार ३ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्म पर्न जान्छ । यी दुवै प्रविधि राम्रा छन् । त्यसो त १६÷१७ सय रुपैयाँको थोपा सिँचाई प्रविधि पनि भित्रिएको छ तर त्यो टिकाउ हुँदैन । साँच्चै भन्ने हो भने इजरायलको नेटाफिम र भारतको जैन इरिगेसनको तुलनामा नेपाली प्रविधि सस्तो र टिकाउ रहेको छ ।


थोपा सिंचाईप्रति किसानको आकर्षण कस्तो छ ?
पहिल्लो समय थोपा सिँचाईको माग बढ्दो क्रममा रहेको छ, सोही कारण पनि थोपा सिंचाइका नाममा ब्रम्हलुट भएको छ । तर पनि विदेशी प्रविधिभन्दा नेपाली प्रविधिकै बढी प्रयोग भएको छ । नेपाली थोपा सिंचाइ प्रविधि २०५५ सालदेखि नै प्रयोग सुरु भएको हो भने् विदेशी प्रविधि तथा २०६७, २०६८ सालदेखिमात्रै भित्रिएको हो । हालसम्म एकलाख १२ हजार किसानले नेपाली थोपा सिंचाइ प्रविधिको प्रत्यक्ष रूपमा प्रयोग गरेका छन् । यो नेपाली प्रविधि नेपालमा मात्रै सीमित छैन, भारतमासमेत निर्यात हुने गरेको छ ।
यसको माग बढ्दो क्रम कस्तो रहेको छ ?
यसको माग हरेक वर्ष बढ्दो क्रममा रहेको छ । वार्षिकरूपमा २० हजार किसान थपिने गरेका छन् । माग बढेसँगै हामीले देशैभर ६८ वटा डिलर विस्तार गरेका छौं । किसानलाई प्राविधिक सहयोगका लागि प्रत्येक जिल्लामा ४–४ जना सामुदायिक अभिकर्ता पनि खटाएका छौं । उनीहरूले किसानलाई थोपा सिंचाइका बारेमा जानकारी दिने र कृषिमा नर्सरीदेखि पोस्ट हार्भेस्टसम्मको तालिम समेत दिने गरेका छन् ।


थोपा सिँचाईका लागि आवश्यक सामान कहाँबाट आउछ ?
कच्चा पदार्थहरू धेरैजसो सिंगापुर र कतारबाट आउँछ तर सबै सामग्री यहीँको उद्योगबाट उत्पादन हुन्छ । थोपा सिंचाइका लागि आवश्यक पाइप, फिटिस, सकेट, वाटर ट्यांकलगायत सबै सामग्री हामी यहीँ उत्पादन गर्छौं ।

नेपाली उत्पादन कत्तिको टिकाउ छ ?
प्रयोगशाला परीक्षणले १५ वर्ष भनेको छ । सामान्यतया १० देखि १५ वर्षसम्म प्रयोग गर्न सकिन्छ । त्यसो त कतिपय स्थानमा त्योभन्दा बढी समय टिकेको पनि पाइएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी