लामाे अन्तरालपछि वरिष्ठ गायक उदित नारायण झाले नेपाली गीत गाएका छन् ।नेपालमा जन्मिएर बलिउडको संगीत क्षेत्रमा चर्चा कमाएका झाले नेपाली चलचित्र ‘लिला’मा उनको आवाजमा ‘यत्ति राम्री नबन न’ बोलको गीत युटूबमा रिलिज भएको छ ।
बलिउड गायक दुनियाँबाट समेत हराउँदै गएका उनको आवाजमा नेपाली गीत आएको हो । गीतमा डा.कृष्णहरी बरालको शब्द र बसन्त सापकोटाको संगित रहेको छ । उनले नेपाली फिल्म ‘कुसुमे रुमाल’ मा अभिनयसमेत गरेका छन् ।
रेडियो नेपालबाट गीत गाउन सुरु गरेका उदित मध्यम वर्गीय परिवारमा जन्मिएका थिए । उनि डिसेम्बर १ सन् १९५५ मा नेपालको सप्तरी जिल्लामा जन्मिए थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline