गोेदावरीमा बाल भेला

गोेदावरीमा बाल भेला

  • सोमवार, असार १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 16.9K
    SHARES

अब गोदावरी नगरपालिकामा पनि बालमैत्री स्थानीय शासन अवलम्वन हुने र घोषणाको प्रक्रियामा अघि बढाउने नगर प्रमुख गजेन्द्र महर्जनले प्रतिबद्धता जनाउनुभएको छ ।
नयाँ संरचनामा असार १७ गते सम्पन्न नगर स्तरीय बाल भेलाको क्रममा यस्तो टिप्पणी आएको हो । वडागत रुपमा बाल भेला पुरा गरी नगर प्रतिनिधि छनौट गरेर नगर स्तरीय बाल भेलाको तयारी गरीएको थियो ।
बाल अधिकारका चारै खम्वा अन्तर्गतका सहभागिताको पाटो लाई ज्यादा ध्यान दिने नगर उप प्रमुख मुना अधिकारीले बताउनुभयो । कार्यक्रममा नगर बाल सञ्जाल पनि गठन भएको थियो । नव गठित नगर बाल सञ्जाल लाई छुट्टै कार्यकक्षको ब्यवस्था गरिने र सक्रिय गराई राख्न नगरपालिकाले विभिन्न कार्यक्रमहरुमा बालबालिकालाई प्रेरित गराईराख्ने पनि नगरका निमीत्त कार्यकारी अधिकृत सन्त बहादुर बस्नेतले जानकारी दिनुभयो ।
नगर स्तरीय बाल भेलामा बालबालिकाहरुले आगामी आ.व ०७४ ÷०७५का लागि आफ्नो योजना आफै छानेका छन् ।
उक्त योजनाको प्राथमिकिकरण लाई नगरसभामा सम्वोधन गरिने कुरामा पनि ढुक्क रहन नगर प्रमुख गजेन्द्र महर्जनले आश्वासन दिनुभएको छ ।


बालमैत्री स्थानीय शासन घोषणा हुनका लागि तहगत १६ खुड्कीला र ३९ सुचक पुरा हुनुपर्दछ, गोदावरी नगरपालिकामा केही मात्र सुचक पुरा गर्न बाँकी रहेको र धेरै पुरा भएपनि दस्तावेजीकरणको पाटो लाई सुधार्नुपर्ने कुरामा छलफल भएको बाल भेलाका सहजकर्ता कृष्णमुरारी पुडासैनीले बताउनु भयो ।
कार्यक्रम गोदावरी नगरपालिकाले आयोजना गरेको थियो भने समन्वय सहनशिल दिदिबहिनी समुहले गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी