नेपालमा एड्भेञ्चर टुरिजमलाई फोकस गर्नुपर्छ : शेर्पा -पूर्वअध्यक्ष नेपाल पर्वतारोहण संघ

नेपालमा एड्भेञ्चर टुरिजमलाई फोकस गर्नुपर्छ : शेर्पा -पूर्वअध्यक्ष नेपाल पर्वतारोहण संघ

  • आइतवार, असार १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

नेपालमा माउण्टेरियन र एड्भेञ्चर टुरिजमलाई अझै फोकस गर्न सके पर्यटन क्षेत्रबाट ठुलो परिवर्तन आउनुका साथै नेपाल आउने बिदेशी पर्यटकको पनि बृद्धि हुन्छ । तर अहिले यसतर्फ खासै ध्यान दिईएको पाइदैन । अहिले सरकारले सडक र आन्तरिक पर्यटनलाई मात्र फोकस गरिराखेको छ । यसै बिषयमा मिर्मिरे अनलाईनले पर्यटन ब्यावसायी जिम्बा जाम्बो शेर्पासँग कुराकानी गरेको छ । उहाँ नेपाल पर्वतारोहण संघ, पूर्वअध्यक्ष तथा एट्लान्टिक र खुम्बिला ट्राभलका डाईरेक्टर पनि हुनुहुन्छ । शेर्पा अहिले पुन नेपाल पर्वतारोहण संघको नेतृत्वमा आउने तयारीमा पनि हुनुहुन्छ । उहाँका भावी योजनाका बिषयमा पनि हामिले कुराकानी गरेका छौ । सोहि कुराकानीको सम्पादित अंश यहाँ प्रस्ुतत गरेका छौ ।

नेपालमा पर्यटन उद्योगको सम्भावना कस्तो छ ?

नेपाल विशेष गरी एड्भेञ्चर टुरिजमका लागि प्रसिद्घ छ । हामीसँग आठ हजार मिटरभन्दा माथीका हिमालहरू र हाम्रो भौगोलिक बनोट, हिमाल, पहाड र तराई यी सबै हामीमा छन् । नेपालीहरू आफैँ पनि हँसिलो भएको हुनाले टुरिजमका लागि हाम्रो देश विश्वले नै मन पराएको गन्तव्य हो । एड्भेन्चर टुरिजमको लागि नेपाल विश्वले नै चिनिसकेको छ । विदेशमा धेरै योङ्ग जेनेरशनहरूलाई नेपाल कहाँ पर्छ, यहाँसम्म पुग्नलाई कसरी आउनु पर्छ भन्ने कुरा धेरै थाहा नभएको हुनाले हाम्रो नेपाल सरकारले यसलाई विदेशमा विशेष गरी प्रमोशनका लागि ध्यान दिनुपर्छ । ट्रेकिङ एजेन्सहरू र प्राईभेट सेक्टरबाट आफ्नो तरिकाले प्रमोशन गरिराखेका छन् ।

अहिलेको वर्तमान अवस्थामा पर्यटकहरूको आगमन कस्तो छ ?
सन् २०१५ को भुइँचालोपछि र त्यसभन्दा अगाडिको राजनीतिक परिवर्तनले गर्दा सन् २०१० देखि पर्यटक आगमन अलि घट्दै गइराखेको छ । बीचमा अलि राम्रो भइसकेको थियो तर, २०१५ को महाभूकम्पले आगमन निकै ने घटेको थियो । तर, यसलाई पिकअप गरी लिइसकेको छ । तर, आज एभरेष्ट वेसक्याम्पमा ५०० भन्दा बढी विदेशी माउण्टिनियर्सहरू सगरमाथा आरोहण गर्नका लागि पुगिसकेका छन् । भारत र चाईनाले माउण्टेन टुरिजम हामी नेपालीबाट नै सिकेका हुन् । भारत र चाईनाको इतिहास हेर्ने हो भने १५–२० वर्ष अगाडिदेखि मात्र सुरु भएको हो तरपनि उनीहरूले नेपालको भन्दा धेरै नै गति लिइसकेका छन् किनभने उनीहरूलाई सरकारले पूरै सहयोग गरिरहेका छन् ।

पर्यटकहरुका लागी नेपाल सुरक्षाको दृष्टिकोणले कस्तो मानिन्छ ?
माउण्टेन चढ्ने व्यक्ति स्वयम्ले सुरक्षा गर्ने हो । तर विशेष गरेर नेपालमा आउनलाई हवाई भाडा सबैभन्दा महँगो हुन्छ । करिब ७०–८० प्रतिशत नेपाल पुग्नलाई उनीहरूको खर्च हुन्छ । त्यसपछि गन्तव्यको हिसाबले विश्वमै सबैले मनपराउने स्थान नेपाल हो, यहाँका विभिन्न जातजातिको भेषभुषा, कला, संस्कृति, मनोरम दृष्यलगायतका कारणले पनि एक पटक आइसकेका व्यक्ति पुनः दुई–तीन पटक आउने गरेका छन् । अहिले हामीलाई एभरेष्ट रिजन र अन्नपूर्ण रिजनका लागि हामीले केहीँ गर्नुपर्ने आवश्यकता रहेको छ । विशेष गरेर सुदूर पूर्व र सुदूर पश्चिमका केही क्षेत्रलाई हामीले विशेष ध्यान दिएर प्रोमोशन गर्नुपर्ने आवश्यकता छ । यसका लागि नेपाल सरकारले पनि ध्यान केन्द्रित गर्न अतिआवश्यक रहेको छ । विगतमा सरकारले पश्चिमाञ्चलका हिमालहरूको रोयल्टी मिनाहा गरिदिएको पनि हो । तर, त्यहाँ पुग्न केहीँ समस्या भएका कारण पर्यटन विकास हुन सकेको छैन् ।

अहिले एड्भेञ्चर टुरिजमका लागि निजी क्षेत्रबाट भएको पहल र व्यावसायीहरूले भोगेका समस्याहरू के–के छन् ?

नेपाल सरकार, टुरिजम बोर्डले केही गर्दै गरेन भनेको भने होइन । उहाँहरूले गर्नुभएको छ । तर, विशेष गरेर इण्डियन गभर्मेन्ट र विदेशी सरकारको तुलनामा हाम्रो सरकारले गरेको छैन । नेपाल टुरिजम बोर्डले विगतमा होटल र शहरी क्षेत्रलाई बाहेक एड्भेञ्चरलाई फोकस गरेको जस्तो मलाई लाग्दैन । विशेष गरेर नेपालमा माउण्टेनिएरिङ र एड्भेञ्चर टुरिजमलाई फोकस गर्यो भने होटलहरु आफै सस्टेन गर्न सकछन, रिभर ¥याफ्टिङका लागि आउने र त्यसबाट आउने विदेशीहरूलाई थप बसाईको व्यवस्था गर्न सकिन्छ । अहिले सरकारले सडक र आन्तरिक पर्यटनलाई मात्र फोकस गरिराखेको जस्तो हामीलाई लागेको छ । ‘अतिथी देवः भवः’ भन्ने सन्देश विदेशीहरूलाई दिन सक्नु पर्यो । त्यसकारणले उहाँहरूले जुन पहल गर्नु भएको छ त्यसलाई सशक्त रूपमा पहल अगाडि बढाउनु पर्छ । नेपालीहरूले हँसिलो मुहारले गरेको स्वागतले उनीहरूलाई यत्ति हँसिलो बनाउछ की उनीहरू पुनः नेपाल र नेपालीहरूको मायालाई सम्झेर आउने गरेका छन् । एउटा प्लेनमा २५० जना प्यासेञ्जर आउँछन् भने सय जना मात्र विदेशी हुन्छन् बाँकी सबै नेपाली पासपोर्ट बोक्ने आउने गरेका छन् । यसको मतलब ५० प्रतिशत टुरिस्ट होइन । त्यसकारण अहिले नेपाल आउने भनेको १५ देखि २० प्रतिशत मात्र विदेशी पर्यटक आउने गरेका छन् । विगतको तथ्याङ्क हेर्ने हो भने सन् १९९० देखि २००० सम्म विदेशीहरू ७० प्रतिशत आउने गरेका थिए । तर, अहिले त्यो स्थिति छैन । आउने जानेको संख्या बढेको मात्रै हो । दिनको तीन चार सय जना नेपाली बाहिर जान्छन् त्यहीँ संख्यामा नेपाली भित्र आउने गरेका छन् । तीमध्ये ५० प्रतिशत विदेशी नागरिक भइसकेका छन् ।

भन्नाले नेपालको पूर्वाधारको कमी कमजोरीले गर्दा यस्तो हुन पुगेको हो की ?
पक्कै पनि नेपालका पूर्वाधारहरू कमजोर भएका नै हुन् । र, हामी प्राईभेट क्षेत्रमा लागेका टुरिजम विजनेश गर्नेहरू पुरानै प्रविधि अपनाइरहेका छौ । हामी पहाडी क्षेत्रलाई बढी फोकस गरेर इन्टरनेटमार्फत प्रचार प्रसार गर्न सक्यौ भने टुरिजमको राम्रो सम्भावना छ ।

पर्यटन बोर्डले पनि भिडियो र विदेशीहरूमार्फत विभिन्न माध्यमले प्रचार गरी रहेको छ नि ?
पक्कै पनि प्रशस्तै छन् तर, राईट पर्सनको हातमा पर्छ की पर्दैन भन्ने चाहीँ शंका नै छ । उनीहरूले विशेष गरेर टुरिजम बोर्डले विभिन्न देशका पत्रकारहरू, विभिन्न देशका ट्राभल एजेन्टका ओनरहरूलाई बोलाएर कन्फरेन्सहरू गराएको र इन्ट्राक्सन गराएको सुनेको छु । तर विशेष गरेर नेपालमै चलाउने एड्भेञ्चर टुरिजम ट्रेकिङ माउण्टेनियरिङ र ट्राभलहरू सेल्स ओनरहरूलाई त्यो कुराको जानकारी नभएको हो की तिनीहरूलाई नभईकन अरू अरू व्यक्तिहरू मार्फत मात्र त्यस्तो भएको हो की ?

बीच–बीचमा एजेन्सी थपिँदा यस्तो समस्या उत्पन्न भएको हो की ? वा विदेशमा बसेर नेपालको पर्यटनका लागि एजेन्सी खोल्ने गर्दा यस्ता समस्या उत्पन्न भएका हुन् की ?
ट्रेकिङ एजेन्सीहरू र एक्सिपिसनहरूको मुख्य समस्या नै त्यहीँ हो । हामी ट्रेकिङ एजेन्सीहरु लाइसेन्स लिएर कम्पनि स्थापना गरि आएका विदेशीहरूको राजश्व बुझाएर हामी काम गर्छौं तर, यहाँ विदेशी लोकल गाईडहरूले नै ग्रुप लिएर आएर इण्डिभिजुएल चलाउनेहरूलाई गणना गर्ने हो भने ६० प्रतिशतभन्दा बढी छ ।

नेपाल पर्यटकका लागी सस्तो गन्तब्य हो भनिन्छ । बास्तविकता के हो ?

नेपाल आउने पर्यटकहरुले हवाइ भाडा नै बढि तिर्नु पर्छ । पहिला केहि सस्तो थियो तर त्यो अहिले छैन । जसलाई पर्यटक भन्छौ तिनीहरू प्रसस्तै थिए । द्वन्दकालपछि र नेपालमा जहिले पनि बन्द र हड्ताल हुने कारणले गर्दाखेरी पर्यटक आउन पनि धेरै कम भयो ।

तपाईं नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष पनि हुनुहुन्छ । यसलाई अझ प्रचारात्मक र व्यवस्थित गर्न के गरिरहनु भएको छ ?
नेपाल पर्वतारोहण संघ, नेशनल अल्पाईन क्लब हो । हामी यूआईएए (युनिएन अफ इन्टरनेशनल अल्पाईन एशोसिएशन) अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघमा आबद्ध छौं । नेपालबाट हामी एक्लै त्यसका सदस्य हौँ । नेपाल माउण्टेनियरिङ एशोसिएशनले गर्ने मुख्य काम भनेको नेपालका हिमालहरूको प्रमोट गर्ने हो र यसका लागि यूआईएए र यूएए दुई वटा एशोसिएशन छन् । एशियन अल्पाईन एशोसिएशनमा नेपाल उपाध्यक्ष छ र, यूआईएए कोे भर्खरै सम्पन्न भएको चुनावमा म म्यानेजमेन्टको कमिटिको सदस्य भएँ । वर्तमान अध्यक्ष मानार्थ सदस्य हुनुहुन्छ । विशेष गरेर नेपाल माउण्टेनियरिङ एशोसिएशनकै पहलले नेपालका एड्भेञ्चरमध्ये माउण्टेनियरिङहरूको बढी प्रमोट भएका हुन । हामी नेपाल सरकारको माउण्टेनियरिङ सम्बन्धीको एउटा सल्लाहकार पनि हौँ । तर, पनि हामीलाई सरकारबाट बारम्बार प्रहार भइरहेको छ । नेपाल माउण्टेनियरिङ एशोसिएशनलाई विगतका सरकारले १८ वटा पिक त्यसपछि १५ वटा पिक प्रमोट गर्नलाई दिइराखेको छ । हामीले राम्रो काम गर्दागर्दै पनि सरकारले समस्या देखाइरहेका छन् । तर, पनि नेपाल माउण्टेनियरिङ एशोसिएशनले विशेष गरेर म्यान पावर प्रोडक्ट गर्न विभिन्न तालिमहरु प्रदान गर्दै आएको छ फलस्वरुप हाल नेपालमा ४४ जना अन्तर्राष्ट्रिय माउण्टेन गाईड छन् । हामीले विशेष चरणमा मनाङ, लाङटाङमा माउण्टेनियर्सहरूलाई ट्रेनिङ पनि दिइराखेका छौं ।

यसअघि नै नेतृत्व गरीसक्नुभएको भएपनि तपाईं फेरी पर्वतारोहण संघको नेतृत्वमा फर्कने कुरा छ ? फेरी किन आफ्नो नेतृत्वको आवश्यक्ता महसुस गर्नुभयो ?

विगतमा मेरो कार्यकालमा मैले नेपाल माउण्टेनियरिङ एशोसिएशनको अध्यक्ष हुँदाखेरी राज्यबाट पनि त्यत्ति राम्रो सहयोग भएको थिएन र संघमा पनि विवाद उत्पन्न भएकाले त्यत्तिखेर त्यत्ति धेरै काम गर्न सकिएन । हाम्रा सदस्य साथीहरूले मलाई पुनः एक पटक नेपाल पर्वतारोहण संघको नेतृत्वमा आइदिनु प¥यो भनि राख्नु भएको छ । साथीहरुको साथ र सहयोग रहेमा म नेतृत्वमा आउन तयार छु । तर, अहिलेसम्म चुनाव कहिले हुन्छ के हुन्छ घोषणा भएको छैन । निर्वाचनको लागि साथीहरु आन्तरिक छलफलमै छन् ।

यदि पुन नेतृत्व लिएर आउनुभयो भने के कस्ता एजेण्डा ल्याउनुहुन्छ ? त्यसको कार्यान्वयन पक्ष कत्तिको जटिल छ ?
नेपाल पर्वतारोहण संघ पर्यटनसँग अबद्घ अन्य संघ संस्था भन्दा फरक प्रकृतिको संस्था हो । सरकारले संघलाई ३३ वटा पिक व्यवस्थापनको जिम्मेवारी दिएको छ । पर्वतारोहण क्षेत्र समस्त पर्यटनको आधार हो र यसको पवद्र्घन र विकासका लागि नयाँ सोच र योजना आवश्यक छ । संघका परियोजनाहरुलाई उचित व्यवस्थापन गरि पवद्र्घन र विकास गरि संघलाई सक्षम र सवल बनाउने तर्फ ध्यान दिने छु साथै पर्वतारोहण लाई सुरक्षति बनाउन दक्ष जन शक्ती उत्पादनका लागि संघले सञ्चालन गर्दै आएका तालिमहरुलाई गुणस्तरिय बनाउने योजना रहृका छन् ।

पर्यटक भित्र्याउन हामी सबैले के–कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?
हामीलाई नेशनल क्यारिएर चाहिन्छ । कम्तीमा ३÷४ वटा ठूलो एयर क्राफ्टहरू भएर विदेशी कम्पनीहरूसँग हामीले प्रतिस्पर्धा गरेर नेपाल आउने फेयर चाहीँ घटाउन सक्नुपर्छ । हामीले एड्भेञ्चर टुरिजमसम्बन्धी विशेष गरेर गाईडहरूलाई राम्ररी ट्रेनिङहरू दिन सक्यो र विदेशीहरुलाई माउण्टेनमा नेपाली गाईडहरूसँगे राम्रोसँग क्लाईम्ब गर्न सक्छौं भन्ने अनुभूति दिलाउन सक्यौं भने हाम्रो नेपाल चाहीँ माउण्टिनियरिङको लागि विश्वमै प्रसिद्घ हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी