विमानस्थलमा आपतकालीन उद्धारको पूर्वाभ्यास ! तस्वीरमा हेर्नुहाेस्

विमानस्थलमा आपतकालीन उद्धारको पूर्वाभ्यास ! तस्वीरमा हेर्नुहाेस्

  • शुक्रबार, असार ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौं ,९ असार ।

दुर्घटनाका बखत हवाई संयन्त्रलाई चुस्तदुरुस्त बनाउन त्रिभुवन अन्तराष्टिय विमानस्थलमा आज हवाई सुरक्षा तथा आपतकालीन उद्धारको पूर्वाभ्यास गरिएको छ ।
। यो पूर्वाभ्यासमा विमानस्थलभित्र कार्यरत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, क्विक रेस्पन्स एन्ड फायर फाइटिङ सर्भिस’ र मेडिकल टिम’ को सहभागिता थियो ।

विमानस्थल व्यवस्थापनले ‘फूल स्केल इमर्जेन्सी एक्सरसाइज’का लागि विमानस्थलमा आगजनी गरेको हो। आगलागीको अवधिमा सबै उडान ठप्प पारिएको थियो। विमानस्थले प्रत्येक दुई(दुई वर्षमा गर्दै आएको आपत्कालीन सुरुक्षा सम्बन्धी परीक्षण गरेको हो।

अभ्यासको परीक्षण गर्दा आधाघन्टा पूर्ण रुपमा विमानस्थल बन्द भएको छ। विमानस्थल कार्यालयले डमी विमानमा आगो लगाएर त्यहा रहेको यात्रुलाई सकुशल उद्धार गरेको छ। आपत्कालीन अवस्थामा आइपर्ने सबै प्रक्रिया पूरा गर्ने गरी हरेक संयन्त्र तयारी अवस्थाम रहेको सन्देश दिन उक्त कार्य गरेको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

 

 

     दुर्घटनाका बखत हवाई संयन्त्रलाई चुस्तदुरुस्त बनाउन विमानस्थलमा गरिएको हवाई सुरक्षा पूर्वाभ्यासका क्रममा नक्कली विमानमा आगलागी गराउँदै ।

 

दुर्घटनाका बखत हवाई संयन्त्रलाई चुस्तदुरुस्त बनाउन विमानस्थलमा गरिएको हवाई सुरक्षा तथा आपतकालीन उद्धारको पूर्वाभ्यास गर्दै । यो पूर्वाभ्यासमा विमानस्थलभित्र कार्यरत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, क्विक रेस्पन्स एन्ड फायर फाइटिङ सर्भिस’ र मेडिकल टिम’ को सहभागिता थियो ।

 तस्बिर : प्रदीपराज वन्त 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी