फेसबुकमा भुलेर पनि नराख्नुस् यस्ता तथ्य , जसले तपाईको जीवन संकटमा आउन सक्छ !

फेसबुकमा भुलेर पनि नराख्नुस् यस्ता तथ्य , जसले तपाईको जीवन संकटमा आउन सक्छ !

  • बिहिबार, असार ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी ।

अहिले जुनसुकै उमेरका ब्यक्तिलाई सामाजिक सन्जालमा हामि भेट्न सक्छौ । बच्चादेखि बुढासम्म सबैको फेसबुक एकाउन्छ छ । तर सबैमा फेसबुकको राम्रो ज्ञान नहुदाँ पछिल्लो समय अपराधिक घटनाहरु बढिरहेको तथ्याङक छ ।
कतिपयले आफ्नो व्यक्तिगत विवरण फेसबुकमा सार्वजनिक गरिरहेका हुन्छन् । उक्त विवरणले साथीहरूले गलत फाइदा उठाइरहेका हुन्छन् तर त्यो विषयमा सबैलाई थाहा नहुन पनि सक्छ । त्यसैले फेसबुक जस्ता सामाजिक सञ्जालमा आफ्नो सबै व्यक्तिगत विवरण राख्नुपूर्व ध्यान दिनुहोस् ।

जन्मदिन : तपाईहरुले सकेसम्म फेसबुकमा आफ्नो वास्तविक जन्मदिन उल्लेख नगरेकै राम्रो हुन्छ । यसैलाइै आधार बनाएर कतिपय अपराधिक घटनाहरू घट्न सक्छन् ।
सम्पर्क नम्बर : फेसबुक प्रोफाइलमा उल्लेख गरिएको सम्पर्क नंम्बरका आधारमा तपाईसँग सम्पर्क बढाई मानिसहरूले तपाईहरू माथि गलत दृष्टिले समेत हेर्न सक्ने भएकाले फेसबुक सकेसम्म सम्पर्क नंम्बर उल्लेख नगर्नु राम्रो मानिन्छ ।

तपाईका अधिंकाश साथीहरू : अक्सफोर्ड विश्वविद्यालयका मनोवैज्ञानिक फेसबुकमा सामेल भएका अधिंकाश साथीहरूका कारण समेत उनीहरूसँगको सम्बन्धको स्थायीत्वमा प्रभाव पर्न सक्छ ।

परिवारका साना सदस्यहरूको नाम : एक अनुसन्धानका अनुसार परिवारका साना सदस्यहरूको नाम तथा तस्विरहरूको नाम उल्लेख गर्नाले यौन हिंसाका कार्यहरू बढ्न् गरेको देखिन्छ ।

कार्यालय तथा स्कुल जाने समय : तपाईले कार्यालय तथा बच्चाहरू विद्यालय जाने समय फेसबुकमा उल्लेख गरेमा तपाईलाई कसैले निगरानी गरिरहेको हुन्छ जसले तपाई माथि विभिन्न समस्याहरू आउन सक्नेछ ।

बास्तविक ठेगानाको जानकारी : फेसबुक प्रोपाइलमा आफ्नो ठेगाना उल्लेख गरेमा कुनै व्यक्तिको विशेष निगरानी तपाईमाथि हुन सक्छ जसकारण विभिन्न समस्याहरू आउन सक्छन् ।
प्रमुखबारेको जानकारी : तपाईको कार्यालय प्रमुखबारेको जानकारी फेसबुक मार्फत् नदिनु नै राम्रो मानिन्छ । फेसबुकमा उल्लेख गरिएका कतिपय तथ्यहरूले तपाईहरूको सम्बन्ध बिग्रन सक्नेछ ।

बिदाको दिन : तपाई आफ्नो बिदाको दिन फेसबुकमा उल्लेख गर्नुहुन्छ भने त्यो बानी तत्काल हटाउनुस् । तपाई यदि कसैको निगरानीमा रहनुभएको रहेछ भने त्यसले समस्या उत्पन्न गराउन सक्छ ।

व्यक्तिगत सम्बन्ध तथा क्रेडिट कार्डबारेको जानकारी : तपाईको व्यक्तिगत सम्बन्धका बारेमा फेसबुकमा उल्लेख गर्नाले विभिन्न समस्याहरू आउन सक्छन् । र आफ्नो क्रेडिट कार्ड बारेको जानकारी फेसबुक मार्फत् नदिनु राम्रो मानिन्छ ।

कहि यात्रामा निस्कनुभयो : यात्राबारेको जानकारी दिनु झै जटिल मानिन्छ । यदि तपाई कुनै यात्रामा हुनुहुन्छ भने फेसबुकमा यसको बारेमा उल्लेख नगरेकै राम्रो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी