तकारी खेतीमा जैविक विषादीको खपत बढ्दै

तकारी खेतीमा जैविक विषादीको खपत बढ्दै

  • बुधबार, असार ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

बनेपा, ७ असार । व्यावसायिक तकारी खेतीमा जैविक विषादीको खपत बढ्दै गएको छ ।

व्यावसायिक तरकारी खेतीमा जैविक विषादीको बढी प्रयोग, कृषकमा देखिएको चेतना, एकिकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) पाठशालाको सञ्चालन, सरकारको कडाइका कारण जिल्लामा रासायनिक विषादीको मात्रा घटेको जिल्ला कृषि विकास कार्यालयका विषादी निरीक्षक देवराज अधिकारीले बताउनुभयो ।

विषादी व्यवस्थापन सबैको जिम्मेवारी भएको र व्यवस्थापन सम्बन्धी नियम पालना नभएमा कसैलाई छुट नहुने उहाँको भनाइ थियो । “हामीले एग्रोभेटले बिक्री गरेको जैविक विषादीको मात्रा मात्रै हेरेका छौँ, तर गाउँगाउँमा झोलमोल, तीतेपाती, निमको झोल र गाई, भँैसीको गहुँतको कुनै लेखाजोखा छैन,” अधिकारीले भन्नुभयो ।

जिल्लाको कुशादेवी, उग्रचण्डीनाला, पाँचखाल, महादेवस्थान, भकुन्डेबेँेसीलगायत क्षेत्रमा जैविक विषादीको प्रयोग बढेको पाइएको छ । जिल्लामा २.१६ लिटर जैविक विषादी खपत भएको तथ्याङ्क छ । एकिकृत शत्रुजीव व्यवस्थापन कृषक सहजकर्ता महेश्वर दाहालले आएपिएम कृषक पाठशाला र प्रदर्शनीमार्फत रासायनिक विषादीको विकल्पबारे कृषकलाई जानकारी गराउँदै आएको बताउनुभयो ।

एग्रोभेट एसोसियसनका उपाध्यक्ष सरोज सापकोटाले विषादीको प्रयोग भएपछि पर्खने समयको पालना गर्न कृषकलाई आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी