“मिसेस मंगोल नेपाल २०१७” को प्रि- जज राउण्ड सम्पन्न

“मिसेस मंगोल नेपाल २०१७” को प्रि- जज राउण्ड सम्पन्न

  • आइतवार, असार ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

काठमाण्डौ ,४ जेठ ।

एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको “मिसेस मंगोल नेपाल २०१७” को प्रि- जज राउण्ड (ट्यालेन्ट शो) सम्पन्न भएको छ । मिसेस मंगोल नेपाल २०१७” को लागि देशका विभिन्न भागबाट सहभागिता जनाउन आएका १६ प्रतिस्पर्धिहरुले आ-आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका छन । विवाहित मंगोल महिलाहरुले प्रि- जज राउण्ड शोमा नृत्य, गायन, कुक, अभिनय तथा कबिता बाचन गरेका थिए ।
यस् “मिसेस मंगोल नेपाल २०१७” सौन्दर्य प्रतियोगिताको फिनाले भने असाढ ०८ गते बिहिबार राष्ट्रिय नाच घर जमलमा हुने भएको छ । यसका साथ साथै आयोजकले प्रतियोगीहरुको अनलाईन भोटिङ पनि सुरुगरेको छ ।

बिबाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउनबाट डराईरहेका महिलाहरु तथा अबसरबाट बन्चित महिलाहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मन्चमा प्रतिस्प्रधा गराउने उदेश्यले आयोजना गर्न लागिएको सौन्दर्य प्रतियोगिताको प्रतिस्पर्धिहरुलाई अफिसियल मिडिया आर्टिस्ट नेपालको अफिसियल फेसबुक पेज Artist Nepal  मा गई आफुलाई मन पर्ने प्रतियोगीलाई पब्लिक चईस अन्तर्गतको टाईटलको लागि भोट गर्न सकिने आयोजक कमल खतिवडाले बताएका छन् ।


“मिसेस मंगोल नेपाल २०१७” सौन्दर्य प्रतियोगितामा सरिता राईसुनिता राना मगरसेन्सी राईशुभद्रा श्रेष्ठचादनी श्रेष्ठबर्षा राई खड्गी, लक्ष्मी शाहीस्‍मृति बज्रचार्यशितल पुनरन्जना राना मगरराधिका श्रेष्ठ, मेलिना मोक्तान, सरस्वती लामा, सिमा श्रेष्ठ, सम्झना राई र सरु श्रेष्ठले प्रतिस्प्रधा गर्दै छन् । उक्त प्रतियोगिताको बिजेताले बिज्ञापन, चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।यस् प्रतियोगितामा मोडेल हिमानी सुब्बाले कोरियोग्राफी गरेकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी