१. तन्त्रमन्त्रका चिजहरु
नराम्रो नजर उतार्नको लागि या नराम्रो शक्तिबाट पिछा छाड्नको लागि तन्त्रमन्त्र गरिन्छ । यसमा धेरै चिजका उपयोग पनि गरिन्छ र अन्तिममा यी चिजहरुलाई सडकमा वा चौबाटोमा फालिदिइन्छ । जस्तै खुर्सानी–कागती, अन्डा, फर्सी, सिंदूर आदि । यदी बाटोमा हिड्दा यस्ता कुराहरु देखेमा यसबाट बचेर हिड्नुपर्छ ।
२. हड्डी
बाटोमा हिड्दा सडकमा यदीकुनै जनावरको हड्डी या मासुको टुक्रा देखेमा त्यसबाट टाढै हट्नुस । यसलाई छोएमा धेरै प्रकारका दोष हाम्रो जीवमा प्रभावित गर्न सक्छन । अन्डाको बोक्रा वा कुनै पन्क्षीको पंखेटा सडकमा देखेमा यसबाट बँच्नपर्छ ।
३. कपाल
बाटोमा हिड्दा तपाईले कपालको पोको देखेमा त्यसबाट टाढा हुनुहोस् र बँचेर हिड्नुहोस । शास्त्रका अनुसार शीरबाट झरेको कपाल पनि अपवित्र मानिन्छ ।
४. नुहाएको पानी
शहरी क्षेत्रमामानिसहरु बाथरुममा नुहाँउछन तर गाँउमामानिसहरु घरको बाहिर वा धारा, कुवा, ट्युवेल नजिकै नुहाँउछन् । यसको पानी सडकमा बगिरहेको हुन्छ । यदी बाटोमा हिड्दा यस्तो पानी सडकमा बगिरहेको छ भने त्यसलाई छलेर हिड्नुपर्छ ।
५. खरानी
सडकमा हिड्दा कहिलेकाहि खरानी भेटिन सक्छ तर त्यसबाटे बँचेर हिड्न पर्छ । यो खरानीकुनै तन्त्रमन्त्र क्रियाको पनि हुन सक्छ त्यसैले यसबाट परै हिड्नमा ठीक हुन्छ ।
६. मृत पशु
सडकमा मृत पशु या त्यसको अंगहरु देखेमा पनि बँचेर हिड्न पर्छ । मृत पशु छुनाले दोष लाग्न सक्छ त्यसैले यदी भुलबस छोएमा नुहाइहाल्नुपर्छ ।
७. फोहोर कपडा
बाटो माया फोहोर कपडा देखेमा यसबाट पनि परै बस्नुपर्छ । यस्ता कपडा छोए माहामीलाई अपवित्र बनाउन सक्छ त्यसैले यस्ता कपडा लाई छुन हँुदैन ।