भोज खाँदा पुरै गाउँले पुगे अस्पताल , उपचार गर्न बेड अभाव

भोज खाँदा पुरै गाउँले पुगे अस्पताल , उपचार गर्न बेड अभाव

  • बिहिबार, जेष्ठ २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

दमक ,२५ जेठ ।

छिमेकीको घरपैँचोमा भोज खान गएका झापा शिवसताक्षीका सबै गाउलेहरु भोज खार्कए लगतै  बिरामि परेका छन् ।  शिवसताक्षी नगरपालिका- १० माइधारका नेत्र दाहालको घरमा घर पैचोको खान गएका उनीहरु बिरामी परेका हुन् ।

भोजका कारण गाउँका ४० जना भन्दा बढी बिरामी परिसकेकाे र अझै बिरामि भएर अस्पताल भर्ना गर्ने क्रम बढेको आम्दा अस्पतालका सुपरिटेण्डेट नबिन ढकालले जानकारी दिनुभयो । मंगलबार दिउँसो देखिरातीसम्म भोज खुवाउने कार्यक्रम चलेको थियो । भोज खाएका उनीहरु बुधबार बिहानदेखि धमाधम बिरामी पर्न थालेका हुन् ।

सबै बिरामीको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ । भोज खाएर बिरामी परेका स्थानीय सञ्जय लिम्बुले भोजमा मासु, पुलाउ, काँक्रा लगायतका खानेकुरा खाएको बताउनुभयो । उहाले भोज खाएर सुतेपछि रातीदेखि नै पखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने जस्ता लक्षण देखिएको बताउनुभयो ।

अस्पतालमा उपचाररत घर धनी दाहालले सामान्य अवस्थामा भोज सम्पन्न भए पनि राती देखिनै बिरामी परेको बताउनुभयो । नयाँ घर बनाएर सर्दा छिमेकीहरुसँग खुशीयाली साटासाट गर्दा यस्तो भएको उहाँले बताउनुभयो । भोज खाएर बिरामी पर्नेहरुमा कतिपय बालबालिका र बृद्धबृद्धा समेत छन् । स्थानीय काजीमान लावतीका अनुसार बिरामी पर्नेहरुमा घर धनी दाहाल, उहाँकी श्रीमती बुद्धिमाया राई (दाहाल), सासु सोममाया राईसहित स्थानीय पूर्णकुमार लिम्बु, कवितमाया लावती, सञ्जय लिम्बु, आकृति लिम्बु, तिलक कुँवर, आशबहादुर लिम्बु लगायत बिरामी पर्नुभएको छ ।

बिरामी सबैको प्रारम्भीक स्वास्थ्य जाँच भइरहेकाले उनीहरुको स्वास्थ्यमा परेको असरका बारेमा विस्तृत विवरण रिपोर्ट पछि मात्रै थाहा हुने उपचारमा संलग्न आम्दा अस्पतालका चिकित्सक चन्द्र शाहल बताउनुभयो । फुडपोइजन भएको हुनसक्ने बताइएको छ ।

बुधबार साँझ एकैसाथ ठूलो संख्यामा अस्पतालको आकस्मिक कक्षमा बिरामीको भिड लागे पछि बेडको अभाव भएको छ । भोज खाएर बिरामी परेकालाई उपचारका लागि राख्ने बेडको समेत अभाव हुँदा कतिपयलाई वेइटिङ बेन्च, कुर्सी र भुइँमै राखेर पनि औषधी उपचारको प्रकृया अघि बढाइएको ढकालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी