जब बाच्नँका लागि शरीर बेच्ने मुल्य तोक्नु पर्छ………

जब बाच्नँका लागि शरीर बेच्ने मुल्य तोक्नु पर्छ………

  • बिहिबार, जेष्ठ २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

निशा शर्मा /जेष्ठ २४ काठमाण्डौं । यो पक्तिकारले निकै पच्छ्याए पछि रुचि ( नाम परिवर्तन ) सहित रत्नपार्कमा बिहान ८ बजेदेखि करीब बेलुकी ८ बजे सम्मै उभिने महिलाहरुको एउटा समुहले आफ्नो बाध्यताको पेशा यौन व्यवशायको बारेमा खुलेर बोल्न तयार भए । बिहान करीब ८ बजे तिर हामी रत्नपार्क पुग्यौं । त्यसबेला रत्नपार्क खुल्लामञ्चको बसपार्क छेउमा रुची कसैलाई कुरेर बसिरहेकी थिईन् । छेउ छाउ तिर अरु पनि उनी जस्तै अरु कसैको प्रतिक्षामा थिए । जब भेट भएर कुरा गर्न थाल्यौं उनले आफ्नो बेदना यसरी पोखिन् । २६ वर्ष उमेरकी रुची सिन्धुली स्थायी घर भएकी विवाहीत युवती हुन् । सिन्धुलीकै सुरक्षा निकायमा कार्यरत एक युवासगँ विवाह गरेकी थिईन् । १७ वर्षकै उमेरमा बुढाले ढाँटेर बिबाह गरेकाले उनले पाउनु सम्मको दुखः पाईन् । त्यस पछि माईतै गएर बसेकी थिईन् ।
कैयौ चोटी आत्महत्या गर्न खोजे तर पनि मलाई मर्न दिएन यो समाजले । त्यस पछि एक दर्जन भन्दा बढी ठाउँमा जागिरको लागि निवेदन दिए तर कतै जागिर खान पाईएन । जहाँ जहाँ जागिरको लागि निवेदन दिन पुगे त्याहा मेरो शरीरमा गिद्धे दृष्टि लगाएको अनुभूति हुन्थ्यो । कार्यलयमा कार्यलयको हाकिम , होटलमा होटल मालिक,कम्पनीमा कम्पनी मालिक , स्कुलमा गयो फाउन्डर र प्रिन्सिपल उनीहरुको कुदृष्टि मेरो शरीरमाथि परिरहन्थ्यो । मैले ब्याचलर पास गरेकी छु । तर पनि जागिर दिने तर जागिरको सट्टामा मैले उनीहरुलाई सन्तुष्ट बनाउनु पर्ने अघोषित शर्त राखिन्थ्यो ।
जिन्दगीमा केही गर्न नसकिने कुलच्छिनी भन्दै कान्छी आमाले घरबाट जगट्याएर निकाले पछि सिन्धुलीबाट २०६७ सालमा काठमाण्डौं छिरे ।
घरबाट निस्कने बेलामा मेरा बुवाले २ हजार रुपैया फ्याकेर यतिले गरी खान्छस् भने खा हैन भने विष खाएर मर भनेका थिए । सोही पैसाले शुरुमा सुन्धाराको एउटा होटलमा रात बिताए । बिहान म सगँ ६ सय रुपैया मात्र बाकीँ रह्यो । होटलमा, गाडी भाडा खाजा गर्दा पैसा सकिन लागेको थियो । त्यही पैसा बोकेर म विष किन्न गए । तर औषधी पसलेले मलाई विष दिएन । कतिथोक भनेर ढाटेँ तर पनि विष किन्न सकिन । कृषि औषधी पसलमा मेटासिट किन्न खोज्दा पनि दिएन ।
दिनभरीको चर्को घाममा सडकमा मात्र रुमल्लि रहेँ । साझँमा रत्नपार्क पुगेर बसिरहेको अवस्थामा एउटा मोटर साईकलमा आएका युवाले जाने हो भनेर सोधे । त्यो बेला करीब ८ बजे राति भएको थियो । कहाँ जाने , कहाँ बस्ने टुंगो नभएकाले उसैको मोटरसाईकलमा चढेर गएँ । उसले एउटा होटलमा लगेर मोटरसाईकल रोक्यो । मलाई त्यो थाहा थिएन । तर होटल साहुसगँ उसले कुरा गरेको सुने पछि म छक्क परे । उनले साहुसगँ आज मैले एउटा नयाँ माल लिएर आएको छु । दिन भरी ह्यागं भएको छ । एउटा राम्रो कोठा दिनु भनेको सुने पछि म छागाबाट खसे जस्तो भएँ । तर त्याहाँ बाट भाग्ने मेरो उपाय थिएन । उसले मलाई रुममा लगे पछि मैले मेरो यथार्थ कहानी सबै सुनाए । तर उ त प्रशासनको ठूलो मान्छे रहेछ । उसले मलाई तिमीहरुको नाटक थाहा छ भन्दै उल्टै गाली गर्यो । यसरी मेरो त्यो दिन देखि जिन्दगीको कालो दिन शुरु भयो । त्यो दिन देखि मैले आज सम्म यही पेशा शुरु गरेर यसैले जीवन यापन गरीरहेको छु । मलाई मर्न त दिएन तर शीर ठड्याएर बाच्न पनि दिएन यही समाजले । रुचीको अनुभव छ ।
यसै गरी नाम परिवर्तित सुनिता पनि रुची जस्तै बाध्यताले यो पेशामा आउनु परेको बताउछीन् । काभ्रे स्थायी घर भएकी उनी १६ वर्षको उमेरमा बिहे भएको त्यो पनि दोस्रो श्रीमतिको रुपमा ढाटेँर । त्यस पछि मैले बुढालाई भने किन झुक्याएर बिहे गरेको भनेर त्यस पछि उनले कुटपिट गर्न थाले । २ वर्ष सम्म कुटाई खादै पनि बच्चाहरु हुर्काए । पहिलो बच्चा बिहे गरेको एक वर्षमै जन्मियो । त्यस पछि १९ वर्षमा अर्को नानी पनि जन्मियो । त्यस पछि पनि कुटपिट गर्न नछाडे पछि उनी माईत गईन् । माईतीले पनि नहेरे पछि २ बच्चा चेपेर उनी काठमाण्डौं आईन् ।
श्रीमान् अहिले अर्की श्रमति लिएर पाटनमा बसीरहेको छ । म दुई वटा बच्चा लिएर बानेश्वरमा बस्दै आएको छु । सुनिताले भनिन् । रत्नपार्क मै बसेर देहव्यापार गर्दै आएकी सुनिताले त्यही पेशाबाट आएको कमाईले छोराछोरी पाल्ने र पढाउने काम गर्दै आएको बताउछिन् ।
बबिता ( नाम परिवर्तित ) को पनि पीडा यस्तै छ । उनी अहिले बी ए प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन् । सुदुर पश्चिमबाट पढ्न भनेर रहरको शहर काठमाण्डौं छिरेकी उनी यही पेशाबाट आएको पैसाबाट पढ्ने र कोठाभाडा तिर्ने गरेको सुनाउछिन् । आमा पहिले नै विते पछि र बुवाले रक्सी खाएर जहिले पनि कुट्ने गरेको स्मरण गर्छिन् ।
समृद्धि (नाम परिवर्तन ) पनि त्यस्तै यौन व्यवशाय गर्ने महिलाहरुको समुहकी सदस्य हुन् । उनले पनि अरुले जस्तै बाध्यताले यो पेशा अंगाल्नु परेको र रोजगारीको कुनै विकल्प सरकारले दिएर यस्तो शरीर बेचेर बस्नु पर्ने थिएन भन्छिन् ।
रत्नपार्कमा विगतको तुलनामा अहिले कमै मात्र यौनकर्मी देखिने गर्दछन् । यसको कारण यौन व्यवशायमा कमी आएको नभई रत्नपार्कलाई महानगरले बंगैचा बनाए पछि र प्रहरीको धर पकड पछि उनीहरु बाक्लो संख्यामा देखा नपरी कन्ट्याक्ट र रेगुलर ग्राहकलाई बढी महत्व दिएर जोगिएर काम गरीरहेको बताउछन् ।
उनीहरुले यस्तो पेशा सञ्चालनका लागि असन सहित विभिन्न ठाँउमा कोठै भाडामा लिएका छन् भने कतिपय ग्राहकको रुचि अनुसार उनीहरुले खोजेको ठाँउ या पैसा तिरेर सुन्धारा, ज्याठा ठमेल र वागवजारको गेष्ट हाउसमा जाने गरेको बताउछन् ।
एउटा टिम मिले पछि उनीहरु मध्य जुन सदस्यले जति सुकै मुल्यको ग्राहक ल्याए पनि पैसा चाहीँ बाडेर लिने गरेका छन् । सुनिता भन्छिन् कहिले कसले ग्राहक भेट्दैन , कहिले कसले भेट्दैन । त्यही भएर हामीले मिलेर पैसा बाड्ने गरेका छौं । त्यस पछि चाही जसले ग्राहक ल्याए पनि अरुले पनि पैसा पाँउछन् ।
अहिले उनीहरुले नियमित ग्राहक कहिले काही पैसा भएन आज पाच सय मात्रै छ भन्दा खेरी उनीहरुको लागि पनि गईदिनु पर्छ । कोही कोही व्यापारी र विदेशबाट आको मान्छेले चाही राम्रै पैसा दिने गरेको समृद्धिको भनाई छ ।
कतिपय राजनीतिमा लागेका मान्छे र धेरै जसो सेना प्रहरीमा कार्यरत मान्छेहरु आफूहरुसगँ आउने गरेको उनीहरुको बुझाई छ ।
कहिले काहीँ यौन कार्य सकिए पछि पैसा दिन्छु भन्ने तर सकिए पछि निहु खोजेर भाग्ने , डिल नमिले पछि प्रहरी लगाएर फसाउने जस्ता घटना पनि व्यहोर्नु पर्ने भएकाले संगठित भएको उनीहरुको अनुभव छ ।
लामो समय देखि नेपालमा यस्ता पेशाबाट जीवन धान्दै आएका छन् हजारौ महिलाहरुले । अझ ठमेलको मसाज पार्लरहरु,हाईवेका कटेजहरु, बजारमा बारहरुमा महिला शरीर बेचेर जीवन चलाईरहेका छन् । यस्तोमा राज्यले ठोस नीति नलिने र उनीहरुको सुरक्षा नहुने हो भने सामाजिक जीवन निकै कठिन हुने देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी