बालबालिकालाई ज्ञानी बनाउन चाहनुहुन्छ यी कुराहरुलाई ध्यान दिनुहोस् !

बालबालिकालाई ज्ञानी बनाउन चाहनुहुन्छ यी कुराहरुलाई ध्यान दिनुहोस् !

  • बुधबार, जेष्ठ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

आफैं गर्न दिनुस्
बच्चालाई आफैं काम गर्ने सोख हुन्छ ।
 
उसलाई रुमाल धुन दिनुस् ।
 
उसलाई भाँडामा पानी भर्न दिनुस् ।
 
उसलाई फूल सजाउन दिनुस् ।
 
उसलाई कचौरा मस्काउन दिनुस् ।
 
उसलाई मटरकोसाको दाना निकाल्न दिनुस् ।
 
उसलाई खानेकुरा पस्किन दिनुस् ।
 
बच्चालाई सारा काम आफैं गर्न दिनुस् ।
 
उसको आफ्नो मर्जीले गर्न दिनुस् ।
 
उसको आफ्नो ढंगले गर्न दिनुस् ।
 
पहिचान
हाम्रो आँखामा अमृत छ वा विष,
 
हाम्रो बोलीमा मिठास छ या टर्रोपन,
 
हाम्रो स्पर्शमा कोमलता छ वा कठोरता,
 
हाम्रो मनमा शान्ति छ वा अशान्ति,
 
हाम्रो मनमा आदर छ वा अनादर,
 
बच्चा यी कुरा तुरुन्तै पत्ता लगाउँछन् ।
 
बच्चा हामीलाई एकदम जानिसक्छन् ।
 
दुश्मन
‘सुत, नत्र अहिले बाबाजीले पक्रेर लैजान्छ १’
 
‘खाऊ, नत्र चोरले लिएर जान्छ ।’
 
‘बाघ आयो !’
 
‘बाबाजी आयो !’
 
‘पुलिस आयो !’
 
‘चुप लाग, नभए कोठामा बन्द गरेर राख्छु ।’
 
‘पढ्न बस, नत्र पिट्छु ।’
 
जो यसरी बच्चालाई डर देखाउँछन्, उनीहरु बच्चाहरुका दुश्मन हुन् ।
 
पृथ्वीमा स्वर्ग
यदि हामीले बच्चाहरुलाई आफ्नो घरमा उचित स्थान दियौं भने,
 
हाम्रो पृथ्वीमा नै स्वर्गको सृष्टि हुन सक्छ ।
 
स्वर्ग बच्चाको सुखमा छ ।
 
स्वर्ग बच्चाको स्वास्थ्यमा छ ।
 
स्वर्ग बच्चाको प्रसन्नतामा छ ।
 
स्वर्ग बच्चाको निर्दोष मस्तीमा छ ।
 
स्वर्ग बच्चाको गीत र गुनगुनाइमा छ ।
 
महान् आत्मा
बच्चाको शरीर सानो छ, तर उसको आत्मा महान् छ ।
 
बच्चाको शरीर बढ्दो छ ।
 
बच्चाको शक्ति विकासशील छ ।
 
तर, उसको आत्मा त पूर्ण छ ।
 
हामी त्यो आत्मालाई सम्मान गरौं ।
 
आफ्नो गलत रीति र नीतिबाट हामी बच्चाहरुको शुद्ध आत्मालाई प्रदुषित नपारौं ।
 
जानीराखौं
बच्चा सम्पूर्ण मनुष्य हो ।
 
बच्चामा बु​द्धि छ, भावना छ, मन छ, आफ्नो बुझाइ छ ।
 
बच्चामा भाव र अभाव छ, रुचि र अरुचि छ ।
 
हामी बच्चाका इच्छाहरु चिनौं ।
 
हामी बच्चाका भावनाहरुलाई सम्झौं ।
 
बच्चा अबोध र निर्दोष छ ।
 
आफ्नो अहंकारका कारण हामी बच्चालाई तिरस्कार नगरौं ।
 
आफ्नो अभिमानका कारण हामी बच्चाको अपमान नगरौं ।
 
चाहना
बच्चालाई आफैंले खानु छ, तपाई उसलाई नख्वाउनुस् ।
 
बच्चालाई आफैं नुहाउनु छ, तपाईं उसलाई ननुहाइदिनुस् ।
 
बच्चालाई आफैं हिँड्नु छ, तपाईं उसको हात नसमात्नुस् ।
 
बच्चालाई आफैं गाउनु छ, तपाईं उसलाई गाउन नलगाउनुस् ।
 
बच्चालाई आफैं खेल्नु छ, तपाईं उसको बीचमा नआउनुस् ।
 
किनकि बच्चा स्वावलम्बन चाहन्छ ।
 
यति पनि नगर्ने
गाना_बजाना गर्ने ठाउँमा जान छोडेर बच्चालाई बगैंचामा लैजानुस् ।
 
गफमा अल्झिनुको साटो बच्चालाई चिडियाखाना देखाउन लैजानुस् ।
 
अखबारमा मात्र अलमलिएर नबसीको बच्चाको कुरा पनि सुन्नुस् ।
 
राति सुत्ने समयमा बच्चालाई असल कहानीहरु सुनाउनुस् ।
 
बच्चाको हरेक काममा गहिरो चासो देखाउनुस् ।
 
आत्मसुधार
बच्चालाई यस कारण सम्मान गर्नुस्, ताकि हामीमा आत्मसम्मानको भावना जागोस् ।
 
बच्चालाई गाली गर्ने, तर्साउने नगर्नुस्,
 
जसले गर्दा गाली गर्ने र तर्साउने हाम्रो खराब बानी छुट्दै जाओस् ।
 
बच्चालाई नपिट्नुस्,
 
जसले गर्दा मारपिट गर्ने हाम्रो पशु–वृत्ति नष्ट हुन सकोस् ।
 
यसरी आफूलाई सुधारेर नै हामी आफ्ना बच्चालाई सही रुपमा विकास गर्न सक्छौं ।
 
डर र लोभ
आमा, बुवा र शिक्षकले बुझिराख्नुस्
 
पिटेर वा लोभ देखाएर बच्चा सुध्रिन सक्दैनन्,
 
बरु उल्टै बिग्रिँदै जान्छन् ।
 
पिटेपछि बच्चामा झन् उग्र भावना बढ्छ ।
 
लोभ देखाउँदा बच्चा लालची बन्छन् ।
 
डर र लोभका कारण बच्चा निर्लज्ज, थेत्तरो, जिद्दी र दीन(हीन बन्छन् ।
 
सुन्दर संसारस् घर
यदि आमा_बुवाले आफूले जस्तोसुकै आचरण गरे पनि
 
आफ्नो बच्चालाई संस्कारी बनाउन सकिन्छ भन्ने सोच्छन् भने,
 
त्यो ठूलो भूल हो ।
 
आमा_बुवा र घर, दुइटै संसारको
 
सबैभन्दा ठूलो र शक्तिशाली चिजहरु हुन् ।
 
घरमा बिग्रेको बच्चालाई भगवान् पनि सुधार्न सक्दैनन् !
 
प्रकृतिको उपहार
प्रकृतिबाट टाढा रहने बच्चाले प्रकृतिको विविधताबारे कसरी थाहा पाओस् १
 
झलमल्ल चन्द्रमा, कलकल बग्ने नदी,
 
खेतको माटो,
 
परालको घर, पहाडको ढुंगा, आकाशको रंग र खुला हावा,
 
यी सबै ती उपहार हुन्, जुन बच्चालाई प्रकृतिबाट प्राप्त भएका हुन् ।
 
बच्चालाई मन लागुन्जेल प्रकृतिको आनन्द लुट्न दिनुस् ।
 
गतिमान
बच्चा पल–पलमा बढ्ने प्राणी हो ।
 
बच्चाको दृष्टि हर समय प्रश्न सोध्ने खालको हुन्छ ।
 
बालकको हृदय केही बोलिरहने खालको हुन्छ ।
 
बच्चचाको व्याकरणमा प्रश्न र बोली हुन्छ ।
 
तर पूर्णविराम कतै पनि हुँदैन ।
 
बच्चाको अर्थ हो, निरन्तर गति(
 
जहाँ अल्पविराम समेत हुँदैन ।
 
झैझगडा
आमा_बुवा र अरु ठूला मान्छेको झगडाको कारण
 
घरको वातावरण प्रायस् अशान्त रहने गर्छ ।
 
यसले गर्दा बच्चा निकै दिक्क हुने गर्छन् ।
 
अरु केहीका लागि नभए पनि आफ्नो बच्चाका लागि भए पनि
 
हामी घरमा मिजासिलो रुपमा जीवन जिउन सिकौं ।
 
घरको शान्त र सुखी वातावरणमा नै
 
बच्चाको राम्रो शिक्षा पाउन सक्छ ।
 
जीवित ग्रन्थ
जो पुस्तक पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरु शिक्षक बन्छन् ।
 
जो बच्चालाई पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरु शिक्षाशास्त्री बन्छन् ।
 
शिक्षाशास्त्रीको लागि प्रत्येक बच्चा
 
एक समर्थ, अद्वितीय र जीवित ग्रन्थ हुन् ।
 
बालकको शक्ति
तपाईं सारा संसारलाई धोका दिन सक्नुहुन्छ,
 
तर, आफ्ना बच्चाहरुलाई धोका दिन सक्नुहुन्न ।
 
तपाईं सबैलाई मूर्ख बनाउन सक्नुहुन्छ,
 
तर, आफ्ना बच्चाहरुलाई कहिल्यै मूर्ख बनाउन सक्नुहुन्न ।
 
तपाईं सबैलाई सबथोक लुकाउन सक्नुहुन्छ,
 
तर, आफ्ना बच्चाहरुलाई केही पनि लुकाउन सक्नुहुन्न ।
 
बच्चा सर्वज्ञ हुन्छन्, सर्वव्यापी हुन्छन्, सर्वशक्तिमान हुन्छन् ।
 
गफ दिनु बेकार छ
हामीले पढ्ने, सोच्ने र लेख्ने काम गर्दैमा
 
हाम्रो काम पूरा हुन्छ त ?
 
हुँदैन, हामीले त शिक्षाको नयाँ-नयाँ मन्दिरको निर्माण गर्नु छ,
 
र ती मन्दिरमा अहिलेसम्म अपुज्य रहेकी सरस्वती देवीको स्थापना गर्नु छ ।
 
बच्चाहरुको लागि नयाँ युगको आरम्भ भएको छ ।
 
केवल गफ गरेर केही पनि हुँदैन ।
 
केही गर्नुस् ! केही गराउनुस् !!
 
चैन कसरी मिलोस्
जबसम्म बच्चाहरुले घरमा पिटाइ खान्छ,
 
र, विद्यालयमा गाली सुन्छ
 
तबसम्म मलाई चैन कसरी मिलोस् ?
 
जबसम्म बच्चाहरुका लागि विद्यालय, पुस्तकालय, बगैंचा र खेलमैदान बन्दैन,
 
तबसम्म मलाई चैन कसरी मिलोस् ?
 
जबसम्म बच्चाहरुलाई प्रेम र सम्मान मिल्दैन, तबसम्म मलाई चैन कसरी मिलोस् ?
शिक्षा विमर्श नामक ब्लगबाट अनुवाद गरिएका भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाई बधेका भनाईहरु 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी