मोरङमा चैते धानको उत्पादनमा बृद्धि हुने

मोरङमा चैते धानको उत्पादनमा बृद्धि हुने

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

विराटनगर,३ जेठ । मोरङमा गत वर्षको तुलनामा चैते धानको उत्पादनमा वृद्धि हुने भएकोे छ । चैते धानको उत्पादन वृद्धिका लागि सरकारद्वारा सञ्चालित ‘वृहतर धान उत्पादन कार्यक्रम’ र सिँचाइको उपयुक्त व्यवस्थाका कारण उत्पादन वृद्धि हुने भएको हो ।

यस जिल्लामा गत वर्ष १४ हजार ३२० हेक्टर जमिनमा गरिएको चैत धानको खेतीबाट ६४ हजार ४४० मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष १४ हजार २०० हेक्टरमा खेती गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

गत वर्ष ४ दशमलव ५ मेट्रिक टन प्रति हेक्टरका दरले उत्पादन भएको थियो भने यसवर्ष पाँच मेट्रिक टन प्रतिहेक्टरका दरले उत्पादन हुने अनुमान गरिएको छ ।
सरकारले चैते धानको उत्पादन वृद्धि गराउने उद्देश्यले वृहत्तर धान उत्पादन कार्यक्रम अन्तर्गत यहाँका किसान अनुदान दिने गरेको हो । सो कार्यक्रममा परेका किसानलाई प्रतिहेक्टर रु पाँच हजारसम्म अनुदान रकम उपलब्ध गराउने बताइएको छ ।

अनुदान प्राप्त गर्ने किसानले चैते धानबाली लाइनमा रोप्ने मापदण्ड पूरा गरेको हुनुपर्ने कार्यालयका प्रमुख मनोजकुमार यादवले जानकारी गराउनुभयो । जिल्लामा एक हजार हेक्टरसम्म जग्गाका लागि सो अनुदानको रकम उपलब्ध गराइएको छ । यस जिल्लाका सिजुवा, इटहरा, रङ्गेली, होकलाबारी र बेलवारीलगायतका ठाउँमा चैते धानकोखेती गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी