बर्दियाका बिभिन्न स्थानमा कृषि पकेटक्षेत्र विस्तार

बर्दियाका बिभिन्न स्थानमा कृषि पकेटक्षेत्र विस्तार

  • आइतवार, बैशाख ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

बर्दिया , ३१ वैशाख ।
प्रधानमन्त्री कृषि आधुनीकिकरण आयोजनाअन्तर्गत बर्दियाका विभिन्न स्थानमा कृषिजन्य उत्पादनको आधारमा पकेटक्षेत्र निर्माण गर्ने कार्य सुरु गरिएको छ ।
प्राविधिक कार्यदल तथा कृषिसेवा केन्द्रबाट सिफारिस भएर प्रक्रिया पुगेका सामूहिक तथा व्यक्तिगत जग्गा छनोट गरी पकेटक्षेत्र विस्तार गर्ने कार्य सुरु भएको हो ।
पकेटक्षेत्र विस्तारका लागि माग गरिएका आवेदन स्थानीय विकास अधिकारी संयोजक रहेको जिल्ला कृषि विकास समितिको बैठकबाट स्वीकृत गरी आयोजना सुरु गर्ने निर्णय गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले जानकारी दिनुभयो ।
आयोजनाअन्तर्गत ५० वटा पकेटक्षेत्र विस्तारका लागि आवेदन माग गरेको उहाँले बताउनुभयो । बर्खे धान, चैते धान, हिउँदे मकै, बर्खे मकै, तरकारी, केरालगायत कृषि उत्पादनलाई पकेटका रूपमा विस्तार गर्दै कृषिलाई आधुनीकिकरण गर्ने रावतको भनाइ छ । योजनाअन्र्तगत कृषि भूमिलाई पकेट, ब्लक, जोन गर्दै सुपर जोन बनाइने भएको छ ।
पन्ध्र बिगाहा क्षेत्रफल बराबर एउटा पकेटक्षेत्र, १५० बिगाहा क्षेत्रफल बराबर एउटा ब्लक, ५०० हेक्टर क्षेत्रफल बराबर एउटा जोन तथा एक हजार हेक्टर क्षेत्रफल बराबर सुपरजोन कायम गरिएको छ । सो कार्यक्रमका लागि रु सात करोड अनुदान दिइने रावतले बताउनुभयो । पकेटका लागि रु एक करोड ४८ लाख, ब्लकका लागि रु चार करोड ९९ लाख र बाँकी रकम जोन विस्तारका लागि सहयोग गरिनेछ ।
पकेटका लागि छनोट गरिएका जमिनमा अनिवार्य सडक, सिँचाइ, विद्युत्लगायत सेवा केन्द्रको पहुँच हुनुपर्ने प्रावधान छ । प्रतिपकेटका लागि पुँजीगततर्फ रु दुई लाख २५ हजार र चालुतर्फ बीउ, मलका लागि रु ५० हजार अनुदान दिने कार्यालयले जनाएको छ । परियोजनाअन्तर्गत राजापुर क्षेत्रलाई धान, सोरहवा र बगनाहा क्षेत्रलाई माछा तथा गुलरिया नगरपालिकालगायत आसपासका क्षेत्रमा केराको पकेटक्षेत्र बनाउने योजना छ ।
जिल्लाका मैनापोखरी, पदनाहा, कालिका, मधुवन, राजपुर, पाताभार, गोला, जमुनी, गुलरिया, धधबार, मगरागाडी, बबई, मोहम्मदपुर, सूर्यपटुवा, बारबर्दियालगायत क्षेत्रमा विभिन्न कृषि उपजको पकेट क्षेत्र विस्तार हुने भएपछि स्थानीय किसान खुसी भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी