अंगुर खानुहाेस् ११ वटा रोगबाट छुटकारा पाउनुहाेस्

अंगुर खानुहाेस् ११ वटा रोगबाट छुटकारा पाउनुहाेस्

  • बुधबार, बैशाख २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

अंगुर रसिलो र स्वास्थ्यका दृष्टिले उपयोगी फल हो । विकिपेडियाका अनुसार ८ हजार वर्षअघि जर्जियामा वाइन बनाउने कार्यमा अंगुर प्रयोग भएको प्रमाण फेला पर्छ । त्यसकारण यसको इतिहास पनि लामै छ। यसको फल त्यसै पनि खान सकिन्छ भने वाइन, जाम, जुस, जेली, भिनेगर, रेजिन, बियाँका तेललगायत बनाउने काममा अंगुर प्रयोग गरिन्छ । सय ग्राम अंगुरमा ६९ क्यालोरी शक्ति पाइन्छ भने काबोहाइड्रेटको मात्रा १८.१ ग्राम हुन्छ । यसका अतिरिक्त यसमा सुगर, भिटामिन, प्रोटिन, क्याल्सियम, फ्लुराइडलगायतका तत्व पाइन्छन्।

यसका फाइदा:

दममा – यसले फोक्सोमा आर्द्रता बढाउने भएकाले अंगुर दमको समस्या समाधान गर्न मद्दत गर्छ।

मुटु रोगमा – अंगुरले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाउँछ, रगत जम्नबाट रोक्छ र हृदयाघातको खतरा कम हुन्छ।

माइग्रेनमा – अंगुरको जुस माइग्रेनमा उपयोगी मानिन्छ । यसका लागि पानी नमिसाइकन बिहान सबेरै जुस पिउनुपर्छ।

कब्जियतमा-  यसले कब्जियत घटाउन मद्दत गर्छ किनकि यसमा अर्गानिक एसिड, सुगर र सेलुलोज हुन्छन् । यसले क्रोनिक कब्जियतलाई समेत निको पार्छ।

अपचमा- यसले अपच र पेटको इरिटेसन हटाउन मद्दत गर्छ।

थकानमा- सेतो अंगुरले शरीरमा आइरनको मात्रा बढाउँछ र शरीर थाक्नबाट बचाउँछ । यद्यपि डार्क खालका अंगुरले आइरनको मात्रा घटाउँछ । अंगुरको जुस सेवन गर्दा तत्काल ऊर्जा प्राप्त हुन्छ । यसमा भएको एन्टिअक्सिडेन्ट तत्वले रोग प्रतिरोधी प्रणालीलाई पनि मजबुत बनाउँछ।

मिर्गौलाको समस्यामा- अंगुरले युरिक एसिडबाट अम्लीय पदार्थ हटाउन मद्दत गर्छ र शरीरको प्रणालीबाटै एसिड हटाउँछ र मिर्गौलाको कार्यक्षमता बढ्छ।

स्तन क्यान्सरमा- अध्ययनका अनुसार बैजनी रंगका अंगुरले स्तन क्यान्सर रोकथाम गर्न मद्दत गर्छन्।

अल्जाइमर रोगमा – अंगुरले दिमागको स्वास्थ्यलाई प्रबद्र्धन गर्छ र न्युरोडिजेनेरेटिभ डिजिज हुनबाट रोक्छ।

यसका साथै अंगुरले वृद्धवृद्धामा हुने मांसपेशीसम्बन्धी समस्या, मोतिबिन्दु र रगतको कोलेस्टेरोल घटाउन मद्दत गर्छ भने क्यान्सरमा पनि उपयोगी मानिन्छ।

अंगुरमा पाइने पोषक तत्व (सय ग्राममा)

इनर्जी– २८८ केजे (६९ केसिएएल)
कार्बोहाइड्रेट– १९.१ ग्राम
सुगर– १५.४८ ग्राम
डाइटरी फाइबर– ०.९ ग्राम
फ्याट– ०.१६ ग्राम
प्रोटिन– ०.७२ ग्राम

भिटामिन
बी १ं– ०.०६९ एमजी
बी २– ०.०७ एमजी
बी ३–  ०.१८८ एमजी
बी ५– ०.०५ एमजी
बी ६– ०.०८६
बी ९– २ एमजी
कोलिन– ५.६ एमजी
भिटामिन सी– ३.२ एमजी
भिटामिन ई– ०.१९ एमजी
भिटामिन के– १४.६ एमजी
म्यागनिज– ०.०७१ एमजी
फोस्फोरस– २० एमजी
पोटासियम– १९१ एमजी
सोडियम– २ एमजी
जिंक– ०.०७ एमजी
फ्लुराइड– ७.८ एमजी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी