तनाव कम गर्ने १० योगासन

तनाव कम गर्ने १० योगासन

  • बुधबार, बैशाख २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

एजेन्सी । तनाव सबैभन्दा जटिल मानसिक समस्या हो । व्यस्त जीवनशैली, व्यस्तताले भरिपूर्ण दौडधुप लगायतका कारणले तनावको मात्रा दैनिक बढीरहेको छ।
तनाव सधैं नकारात्मक भने हुँदैन । एक हदसम्मको तनावले सजगता, प्रेरणा र कार्यदक्षता दिन्छ । तर, त्यसले सीमा नाघ्नासाथ तनावले अनेक प्रकारका शारीरिक, मानसिक र भावनात्मक समस्या खडा गरिदिन्छ। हाम्रोजस्तो अविकसित देशमा पर्याप्त चुनौती र प्रतिस्पर्धा नहुनु, कार्यसम्पादनको गुणवत्ताको कुनै मापदण्ड नहुनु, निश्चित लक्ष्यसम्म पुग्न निश्चित समय सीमा निर्धारण नहुनुले पनि मानिस अल्छी, लोसे र अप्रत्युत्पादक भएको देखिएको छ।
डा. कपिल देव उपाध्ययका अनुसार मान्छेलाई रोगी बनाउने कारण मध्य मानसिक तनाव पनि एक हो । तनावका कारण रोग बढी लाग्ने र उच्च रक्तचाप, पेटको अल्सर र मुटुसम्बन्धि रोग, जस्तै हार्ट एट्याक हुने संभावना उच्च हुन्छ ।

अहिले छिटो विभिन्न रोग लाग्नमा मानसिक तनाव एउटा प्रमुख कारण मानिन्छ । जति मानसिक तनाव वढ्यो त्यति चिन्ता बढ्ने र राम्रोसँग काममा ध्यान दिन नसकिने भइन्छ, अर्थात् मानसिक तनावले उत्पादनशिलता घटाउँछ । मानसिक तनावकै कारण रिस उठ्ने, मुड खराब हुने र झगडालु समेत बन्न सक्छ ।

त्यसैले मानसिक तनाव ब्यबस्थापन जरुरी हुन्छ। मानसिक तनाव घटाउने तरिकामध्य दैनिक जीवनमा अपनाउन सकिने कुराहरुमा जोडदिनुपर्छ । जसले गर्दा बर्तमान परिस्थितिले सिर्जना गरेको तनावका कारण समेत दुर हुन सक्छन् । यीनै कुरालाई ध्यान दिँदै हामीले यहाँ तनाव कम गर्ने १० योगासनका तस्बिरहरु प्रस्तुत गरेका छौं।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी