किसानलाई कृषि प्रविधिको सूचना दिने मोबाइल

किसानलाई कृषि प्रविधिको सूचना दिने मोबाइल

  • आइतवार, बैशाख २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

धनकुटा, २४ वैशाख । प्राविधिक ज्ञानसहित व्यावसायिक उत्पादन बढाउनका लागि सूचना प्रविधिको पहुँच बढाउन जिल्लाका ४३ किसानलाई सूचना सामाग्री वितरण गरिएको छ ।

जिल्लाका अगुवा किसानका लागि गत बिहीबारदेखि सूचना सामग्री वितरण सुरु गरिएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ । प्रविधिको प्रयोग गर्दै व्यावसायिक खेतीको विस्तारका लागि ४३ थान एनड्रोइड मोबाइल र ४३ थान रेनगेज उपकरण वितरण गरिएको हो ।

जिल्ला कृषि विकास कार्यालयले सिफारिस गरेका २६ र पशु कार्यालय धनकुटाले सिफारिस गरेका १७ अगुवा किसानलाई विभिन्न प्राविधिक सूचना पाउन सहज हुने मोबाइल र मौसम मापनसहित बर्सातको पानी नाप्ने उपकरण सामग्री हस्तान्तरण गरिएको जिल्ला कृषि विकास कार्यलयका प्रमुख भरतप्रसाद विडारीले बताउनुभयो ।

किसानलाई निर्वाहमुखी खेतीबाट व्यावासायिक बनाउन ‘मेरो कृषि’ नामक एपमार्फत कृषि प्रविधिसम्बन्धी सूचना उपलब्ध गराउन थालिएको छ ।

विभिन्न समयमा बदलिँदो मौसमबारे अग्रिम जानकारी लिँदै मौसम अनुकूल खेतबारीमा काम गर्न सहज बनाउने भन्दै रु छ लाख ४५ हजार बराबरको रेनगेज उपकरण प्रदान गरिएको छ । जिल्लामा दुई सय सात पशु फार्म र पाँच सय ४४ कृषक समूह रहेको कार्यालयले जनाएको छ ।
कृषिसम्बन्धी सूचना हेर्न सरकारले किसानलाई मासिकरुपमा १५ एमबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने भएको छ । इन्टरनेटसँगै फोनबाट पनि समस्याबारे जानकारी लिएर समधान गरिने योजना रहेको छ ।

किसानका लागि सिमसहित प्रतिगोटा रु १८ हजार बराबरको सामुसुम जी फाइभ मोबाइल वितरण गरिसकिएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक झवीन्द्र मरासिनीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी