मकैको बीउमा ७५ प्रतिशत अनुदान

मकैको बीउमा ७५ प्रतिशत अनुदान

  • मङ्लबार, बैशाख १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

सल्यान, १९ वैशाख ।

जिल्ला कृषि विकास कार्यालयले मकैको बीउमा कृषकलाई ७५ प्रतिशत अनुदान दिने भएको छ ।

यस वर्ष मनकामना–३, दउती पोसिलो र अरुण दुई जातको मकैको बीउ वितरण गर्न लागेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्मा घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा वैशाख दोस्रो हप्तादेखि जेठको पहिलो हप्तासम्म मकै रोप्ने समय हो । सोही समयभित्रमा सबै कृषकलाई बीउ वितरण गरिने छ । कृषकको मागका आधारमा दुई सय क्विन्टल मकैको बीउ उपलब्ध गराएको घिमिरेले बताउनुभयो ।
“अनुदानमा दिइने बीउ जिल्लाका विभिन्न स्थानमा रहेका कृषि सेवा केन्द्रबाट प्राप्त गर्न सकिने छ,” उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी