यसरी थाहा पाउनुहोस् ,उमेर अनुसार फिट छ या छैन ?

यसरी थाहा पाउनुहोस् ,उमेर अनुसार फिट छ या छैन ?

  • सोमवार, बैशाख १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

बाल्यकालमा नै खराब जीवनशैलीको छनौटले आजकाल युवाहरु मुटुलगायतका स्वास्थ्य समस्याबाट पीडित हुने गरेका छन् । ब्रिटिश हर्ट फाउन्डेसनले हालै सार्वजनिक गरेको एक रिर्पोटमा ४४ प्रतिशत वयस्कले कहिल्यै पनि व्यायाम गर्दैनन् । यद्यपि मुटुका लागि व्यायाम गर्न यो उमेर छिटो पनि होइन र ढिलो पनि भइसकेको छैन ।

२० को दशक : यो अवधिमा तपाई शारीरिक रुपमा तन्दुरुस्त हुनुहुनेछ । तर बिचार पु¥याउनुहोस् । २६ वर्ष पुगेपछि तपाईमा बुढ्यौली सुरु हुनेछ । २५ वर्षपछि हरेक वर्ष १ प्रतिशतका दरले शरीरको मांशपेशी घट्न थाल्छ ।

३० को दशकः यो अवधिमा पुरुषहरु आफ्नो जागिर वा अन्य व्यवसायको काममा व्यस्त हुन्छन् भने महिलाहरु गर्भवती हुने, आमा बन्ने गर्छन्,जसका कारण हार्मोन परिवर्तन हुन्छ । महिला र पुरुष दुवै सक्रिय हुने यस दशकमा शरीरका तन्तुमा बढी चोट पर्छ । यो अवधिमा मुटुसम्बन्धि पर्याप्त व्यायाम गरेमा मुटु रोगको खतरा कम हुने कुपर इन्स्टिच्युटले गरेको एक अध्ययनमा उल्लेख छ ।

यो अवधिदेखि नै हल्का व्यायाम गरेमा सम्भावित रोगको जोखिमबाट बच्न सकिन्छ । बसिरहनभन्दा केही लामो समय उभिने, लिफ्टको सट्टा भर्‍याङ प्रयोग गर्ने, सानो दूरीमा गाडी प्रयोग गर्नुका सट्टा फटाफट हिड्नेजस्ता सामान्य जीवनशैलीले पनि पछि हुने गम्भीर स्वास्थ्य समस्याबाट जोगाउँछ ।

४० को दशकः स्वास्थ्यका दृष्टिले यो अवधि महत्वपूर्ण समय हो । यसपछि अनुहारको चमक बिस्तारै हराउन थाल्छ भने मांसपेशीका तन्तु कमजोर हुँदै जान्छन् । शरीरको मेटाबोलिजम सुस्त हुन्छ ।

युबा बालबालिका र वृद्ध अभिभावकको माग र स्याहारसुसारका कारण पनि यो एउटा चुनौतीपूर्ण समय हो । मदिरा र चिल्लो पदार्थ बढी भएका खानेकुरा नखानुहोस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी