तरकारी खेतीबाट वार्षिक ७ लाख बराबरको आम्दानी

तरकारी खेतीबाट वार्षिक ७ लाख बराबरको आम्दानी

  • आइतवार, बैशाख १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

पाल्पा, १७ वैशाख । व्यावसायिक तरकारी खेतीबाटै रामपुरकी ज्ञानुमाया कार्कीको जीवन बदलिएको छ । तरकारी खेती सुरु गरेपछि उहाँलाई यतिबेला पैसाको अभाव छैन् । दुई चार पैसाका निम्ति निकै कष्ट भोग्नुभएकी उहाँलाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ ।

तरकारी खेतीबाटै अहिले कृषक कार्की समाजमा अगुवा महिलाका रुपमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । दिनचर्या तरकारी लगाउने र बेच्ने गर्दैमा बित्ने गर्दछ । बिहान उठ्यो तरकारी बोकेर दिनहुँ बजार पुग्दा पनि आफूलाई पट्यार नलागेको उहाँले बताउनुभयो ।

तरकारी व्यवसायमा धेरै अनुभव लिनुभएकी कार्कीले आफूले सक्दासम्म व्यवसायलाई निरन्तरता दिने प्रयासमा रहनुभएकी उहाँले भन्नुभयो, “तीन छोराछोरीको पढाइ खर्च यसैबाट राम्रोसँग चलाएँ ।” “तरकारीबाटै परिवारको आर्थिक अवस्था पनि मजबुत बन्दै गएको छ”, आफ्नै पाँच रोपनी जग्गामा तरकारी लगाएर वार्षिक रु सात लाखसम्मको आम्दानी लिने गरेको कृषक कार्की बताउनुहुन्छ ।
लामो समयसम्म तरकारी व्यवसायले कार्कीलाई सामान्य रोग किरा र समाधानका उपायसम्बन्धी पनि ज्ञान भएकाले कुनै समस्या आइलागेका बखत कृषि सेवा केन्द्रसम्म पनि धाउन परेको छैन र बजारको राम्रो सुविधा भएकाले व्यवसाय गर्न पनि सजिलो भएको छ ।

बजारमा बेमौसमी उत्पादनले राम्रो मूल्य पाउने र एक किलो तरकारीमा आधाभन्दा बढी नाफा हुने हँुदा उहाँले अहिले बेमौसमी उत्पादनलाई महत्व दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी