किसानलाई जानकारी दिन विषादीको प्रयोगसम्बन्धीे तालिम

किसानलाई जानकारी दिन विषादीको प्रयोगसम्बन्धीे तालिम

  • आइतवार, बैशाख १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

बुटवल, १७ वैशाख । पछिल्लो समय विषादीको अत्यधिक र अनियन्त्रित प्रयोग बढेका कारण यसकोे आवश्यक मात्राको प्रयोगबारे किसानलाई जानकारी दिन तालिमको आयोजना गरिएको छ ।

दिगो कृषिका लागि युवा प्रयत्न नामक संस्थाले आयोजना गरेको दुईदिने सो तालिममा विषादीको प्रयोगको विधि र त्यसबाट हुने सकरात्मक तथा नकारात्मक असरसम्बन्धी जानकारी गराइएको थियो ।

जिल्ला कृषि विकास कार्यालयकी कृषि प्रसार अधिकृत आशा भण्डारीले अत्यधिक विषादी प्रयोग गर्दा माटोको उर्वराशक्ति घट्ने र कृषक तथा उपभोक्ताको स्वास्थ्यमा पनि नकरात्मक असर पर्ने बताउनुभयो ।

माटोको दिगोपन बढाउन पनि रासायनिक विषादीको प्रयोग नियन्त्रण गर्नुपर्ने जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक सुबोध भट्टराईले बताउनुभयो ।

विषादीको गुणअनुसार प्रयोग गरेको एक हप्तादेखि महिनादिनसम्म फसल प्रयोग गर्न नहुने, जैविक मल र कीटनाशक विषादीको असरलगायतका विषयमा श्रव्य–दृश्यमार्फत जानकारी गराइएको सो तालिममा विषादी प्रयोग हुने सामाग्री निःशुल्क वितरण गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी