मासु मूल्य शृंखला गोलमेच बैठक पोखरामा

मासु मूल्य शृंखला गोलमेच बैठक पोखरामा

  • सोमवार, चैत्र २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौ ,२८ चैत ।

प्रदेश नं ४ का मासुजन्य पदार्थका उत्पादक, प्रशोधनकर्ता, नियामक निकायका प्रतिनिधी तथा उपभोक्ताहरु एकै स्थानमा गोलवद्ध भई यस क्षेत्रका समस्या तथा अवसरबारे छलफल गरेका छन् ।
व्यवसायिक कृषि तथा व्यापार आयोजनाले चैत २७गते पोखरामा आयोजना गरेको मासु मूल्यशृंखला गोलमेच बैठकका सहभागीहरुले उक्त विषयमा छलफल गरेकाहुन् ।
आलो मासु सेवनगर्नु स्वास्थ्यका लागि लाभदायक नहुने विषयमा सर्वसाधारणलाई सचेत गराए मासुको गुणस्तरमा वृद्धि गर्न सकिने सहभागीहरुले बताए । खुला ठाउमा पशुको वधगर्ने प्रचलनलाई निरुत्साहितगर्नुपर्ने उनीहरुको सुझावथियो । मासुको गुणस्तर कायमगर्न सकिएयसको बजार पवद्र्धनमा समेत टेवापुग्ने पनि सहभागीहरुले बताएकाथिए ।


कार्यक्रममा ३ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । तीमध्ये २ वटा नियामक निकायबाट र एउटा नीजि फर्मका तर्फबाट प्रस्ततगरिएको थियो । सरकारी निकायमकातर्फबाट पश्चिमाञ्चल क्षेत्रका निमित्त पशुसेवा निर्देशक डा. राकेश प्रजापति र क्षेत्रीय खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्यनीरिक्षक विक्रमलिम्बूले कार्यपत्र प्रस्तुतगर्नुभयो । डा. प्रजापतिले मासुजन्यपदार्थको बजारीकरण र लिम्बूले मासु उत्पादन, प्रशोधनतथाबजारीकरणका नीतितथाकानुनीप्रावधानबारे कार्यपत्र प्रस्तुतगर्नुभयो ।

नीजि क्षेत्रबाट कार्यपत्र प्रस्तुतगर्दै फेवा मिट प्रोडक्ट्सकाप्रवन्धनिर्देशक सूर्यप्रसाद बरालले स्वच्छ मासुसेवनगर्न सर्वसाधारणलाई आग्राहगर्नुभयो । उहाँले सरकारी क्षेत्रबाट जनचेतनाजागरणमा सहयोग हुनुपर्ने बताउनुभयो । कार्यपत्रमाथि सम्बन्धितविषयका विज्ञरुले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा सहभागीहरु समूहमाविभाजितभई छलफल गरेकाथिए । छलफलका लागिउत्पादनतथाबजारीकरण, प्रशोधन र गुणस्तर मापदण्ड गरी ३ समुहमाबनाइएको थियो । कार्यक्रममा समूहमाभएका छलफलको निचोड प्रस्तुतगरियो । कार्यक्रममा नेपालमापहिलो पटक स्थापनाभएको कृषिव्यवसायनविनता केन्द्र ब्नचष् द्यगकष्लभकक क्ष्ललयखबतष्यल ऋभलतभच ९ब्द्यक्ष्ऋ० कातर्फबाट विवेक श्रेष्ठले उक्त केन्द्रले प्रदानगर्ने सेवाबारे जानकारी दिनुभयो । एबीक प्याक्टको लगानीमा स्थापनागरिएको हो ।
कार्यक्रमआयोजनाकार्यान्वयन सहयोग समूहको कार्यालय पोखराका प्रमूख बोमबहादुर थापाको अध्यक्षतामाआयोजना गरियो । कार्यक्रममा पश्चिमाञ्चलका कृषि निर्देशक शरदचन्द्र श्रेष्ठले पनि सम्बोधन गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी