मोहन श्रेष्ठ जसले धरान उप–महानगरपालीकाका ३३ कार्यकारी अधिकृतलाई गाडीमा हांके ।

मोहन श्रेष्ठ जसले धरान उप–महानगरपालीकाका ३३ कार्यकारी अधिकृतलाई गाडीमा हांके ।

भरतराज शर्मा(गोपाल) चैत्र १४ धरान,सुनसरी

  • सोमवार, चैत्र १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

बि.स. २०५२ सलदेखी सुनसरीको धरानले अहिलेसम्म ३३ कार्यकारी अधिकृत पायो । धरानको कार्यकारी प्रमुखको रुपमा धरान हाक्ने अधिकृत नै हो । तर तीमध्ये ३३ कार्यकारी अधिकृत हाक्ने एक्ला चालक भने एउटै हुनुहुन्छ धनकुटा चानमा गा बि स वडा नं ७ पुख्र्याैली घर भई हाल धरान ८ गंगालाल मार्ग स्थायी घर भएका मोहन श्रेष्ठ ।
मुलुक हँक्नेलाई पनि हँक्ने चानचुने जिम्मेवारी हैन । त्यो महत्वपूर्ण जिम्मेवारीलाई चालक श्रेष्ठले कुशलतापूर्वक पूरा गरीरहनुभएको छ ।
तत्कालीन धरान नगरपालिकाका कार्यकारी अधिकृत गोपाल प्रसाद अधिकारी देखि वर्तमान धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत बिष्णु प्रसाद कोईराला सम्मलाई चालक श्रेष्ठले एक्लै हाक्नुभएको हो ।
धरान उपमहानगरपालिका शासनको बागडोर सम्हाल्ने कार्यकारी अधिकृत एक–दुई हैन ३३ जनालाई सुरक्षित गन्तव्यमा पु¥याउँदा चालक श्रेष्ठका विभिन्न अविष्मरणीय र रोचक अनुभूति र अनुभव पनि छन् । उनी भन्छन आफु बि.स. २०२९ सालमा पहाडबाट धरान झरेर कक्षा ३ मा पढदै गर्दा पारिबारिक समस्याले पढन सकिएन तर पनि अफु मनमा हौसला बढाई धरान १४ स्थित बिजयपुरमा एउटा किराना पसलमा काम गरे । उनले थपे ढेड बर्ष मासिक २० रुपैयामा काम गरे त्यसपछि १ सय रुपैया र त्यसकै केही समयपछि ढेड सय रुपैयामा पनि काम गरे ।
त्यती मात्र नभएर श्रेष्ठले बि.स. २०४२ सालमा आफनौ भिनाजु लालबहादुर श्रेष्ठमार्फत सेकेन्ड्री बोर्डिङ स्कुलका हेड सर अटल सर ले दिनुभएको स्कुलमा खाना पकाउने काम समेत गरे ।
श्रेष्ठ भन्छन त्यतीले मात्र नपुगेर त्यसको ४ महिनापछि धरानकै अटल ग्यारेजमा गाडी धुईपुछ गर्नै काम गर्दा गर्दै ग्यारेजका बंगाली म्याक्यानीक रबि बंगालीसंग गाडी समेत सिके र उनकै प्रेरणबाट पढाई पनि पुरा नगरेका मान्छेले गाडी चलाउन सुरु गरेको बताए ।
उनी भन्छन मेहनत गरे हरेक काममा सफलता पाईन्छ सिप मुलक काम सिक्नुपर्दछ आखा देखुन्जेल भोको पेट बस्न नपर्नै श्रेष्ठ बताउछन ।
श्रेष्ठका अनुसार बि.स.२०५२ सालमा त्तकालीन धरान नगरका कार्यकारी अकिृत गोपाल प्रसाद पराजुलीले उनलाई बाहिर ट्रक चलाएर मासिक २५ सय देखी ५५ सय कमाउने काम छाडन लगाएर धरान नगरपालिकामा १८ सय रुपैयाको जागीरमा लागाईदिए आज त्यही जागीरको कमाई २६ हजार पुगेको छ ।
श्रेष्ठले विसं २०५२ साल देखि तत्कालीन अधिकृत पराजुलीको गाडी चलाउनुभयो । त्यसपछि लय प्रसाद खत्री,नुतन राज चापागाई,बद्रीनाथ घिमिरे,पशुपति खतिवडा,नरेश कुमार चापागाई,देवेन्द्र राज कडेल,बिन्दु प्रसाद गुरागाई,दिवाकर बास्तोला,टीकादत्त राई,भोजराज खतिवडा लगायतको गाडी चलाउनुभएको छ ।
त्यसो त चालक श्रेष्ठले कुनै संस्थाबाट तालिम लिनुभएको हैन । उनको एकमात्र प्रेरणका श्रोत बंगाली म्याकानीक नै थियो ।
हाकीमको गाडी चलाउनु आफँैमा चुनौतीपूर्ण हो । निकै सचेत पूर्वक सवारी चलाउनुपर्ने हुन्छ । त्यतिका चुनौतीबाट विचलित नभइकन श्रेष्ठले जिम्मेवारी पूरा गरिरहनुभएको छ ।
कुनै कार्यकारी अधिकृतलाई तीव्र गति मन पर्ने र कसैलाई कम गति मन पर्ने, त्यसैले व्यक्तिको चाहना र आवश्यकताअनुसार सवारीको गति सन्तुलन गर्नुपर्ने बाध्यता श्रेष्ठको छ ।
३३ कार्यकारी अधिकृतको निरन्तर सवारी चलाउँदा त्यसबीचमा फेरबदल भइरहने अधिकृतस“गका विभिन्न अनुभूति श्रेष्ठमा छ ।
यतिका अधिकृतस“ग हिमचिम हुँदा पनि त्यस्तो कुनै लाभ लिन नसक्नुभएका उहाँलाई पेसाप्रति सदैव गौरवको अनुभूति हुन्छ । मलाई गौरव लाग्छ, म आफनै मेहनतले आज यो ठाउँमा पुगेको छु, देशको उपसचिवको सवारी हाक्न पाउँदा असाध्यै खुसी र गर्व लागेको छ” कुराकानीको क्रममा श्रेष्ठले भन्नुभयो ।
चालक श्रेष्ठको अनुभवमा मुलुक हाक्ने उपसचिव जस्तो व्यक्तिको सवारी हाँक्ने एउटै चालक हुनु राम्रो हो, व्यक्तिपिच्छे चालक फेरिँदा सवारी दक्षता कम हुने हुदा जोखिम निम्तीने उहाको भनाई छ ।
धरानका ३३ अधिकृतका अहिलेसम्म तीन÷चार वटा मात्र सवारी फेरिएका छन् । चालक श्रेष्ठले अहिलेसम्मका अधिकृत थरिथरि सोखका पाउनुभएको छ । तर तीनीहरुमध्ये काम गराईका हिसावले वर्तमान अधिकृत बिष्णु प्रसाद कोईराला तथा ब्यवहारिकताका हिसावले तत्कालीन अधिकृत डन्डु घिमिरे र पशुपति खतिवडा असाध्ययै मन पर्छ उनलाई ।
श्रेष्ठले सेवानिवृत्त भएपछि बाकी जीवन सानोतिनो व्यवसाय गरेर बिताउने योजना सुनाउनुभयो । श्रेष्ठको परिवारमा श्रीमती सहित १ छोरा र १ छोरी हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी