पाँच महिनापछि काभ्रेपलाञ्चोकमा समिति गठन प्रक्रिया सुरु

पाँच महिनापछि काभ्रेपलाञ्चोकमा समिति गठन प्रक्रिया सुरु

  • बुधबार, चैत्र ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

धुलिखेल, ९ चैत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन (आलु) कार्यान्वयन एकाइ कार्यक्रम सुरू गरेकाे पाँच महिनापछि काभ्रेपलाञ्चोकमा समिति गठन प्रक्रिया सुरु भएको छ ।

सुपरजोन (आलु) कार्यान्वयन एकाइ कार्यालय बनेपाले कार्यक्रम सञ्चालनको प्रक्रिया थालेपछि बल्ल समिति गठन गर्न लागिएको हो । कार्यालयका प्रमुख दीपक पौडेलका अनुसार आलुका बारेमा कृषकलाई जानकारी दिन विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुहुन्छ ।

परियोजनाका कृषि प्राविधिक रामदरेश राय सुपरजोन (आलु) कार्यक्रम सञ्चालनका लागि इच्छापत्र पेस गर्न आह्वान गरिसकेको र छिट्टै कृषकसँग छलफल गरी समिति गठन गरिने बताउनुहुन्छ । इच्छापत्र पेस गर्नेमा व्यक्ति, सहकारी, फार्म र समूह रहेका छन् ।

कार्यक्रम कार्यान्वयनका लागि कम्तीमा पाँच रोपनी जग्गा हुनुपर्ने प्रावधान छ । अरुको जग्गालाई भाडामा लिएर समेत काम गर्न सकिन्छ । जिल्लामा करिब एक हजार हेक्टर जग्गामा परियोजना सञ्चालन हुने छ । कुशादेवी, पनौती नगरपालिका, बनेपा नगरपालिका, उग्रचण्डी नाला र पाँचखाल नगरपालिका आलु सुपरजोन कार्यक्रम लागु क्षेत्र हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी